Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारी बारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १८, २०८२
In राष्ट्रिय सभा
0

१८ चैत,काठमाडौं । राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठक सिंहदरबार स्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ । बैठक अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको हो ।
बैठकले भोलि देखि सुरु हुने राष्ट्रिय सभाको २० औँ अधिवेशनको पूर्वतयारीबारे व्यापक छलफल गरेको छ ।

साथै, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुलाई विभिन्न समितिमा विभाजन लगायतका विषयमा पनि विचार–विमर्श गरिएको थियो ।छलफलका क्रममा सभाको आगामी बैठकको कार्यसूची, बैठक कक्षको सीट योजना, तथा प्रस्तावित कार्यतालिकाका विषयमा निर्णयात्मक छलफल भएको समितिले जनाएको छ ।

त्यस्तै, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन, सभामा अध्यक्षता गर्ने सदस्यहरूको चयन, उपाध्यक्ष र सभापतिको निर्वाचन प्रक्रिया लगायतका विषय पनि बैठकको एजेन्डामा समेटिएका थिए ।
यसैगरी, विभिन्न दलका नेताहरूलाई शुभकामना मन्तव्य राख्नका लागि समय निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ ।

बैठकमा अन्य विविध विषयहरूमा समेत विचार आदानप्रदान गरिएको थियो ।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशनलाई सफल बनाउन सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको आवश्यकता औंल्याए । उनले सहकार्य र सहजीकरणका लागि सबै पक्षलाई आग्रह गरे ।


बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय सभा

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित

साउन २३, २०८२
राष्ट्रिय सभा

‘सार्कको अध्यक्षता पाकिस्तान लाई सुम्पिन नेपाल आतुर छ’

भदौ २४, २०८१
राष्ट्रिय सभा

‘मिडिया काउन्सिल विधेयक मार्फत प्रेस जगत लाई बाँध्न मिल्दैन’

जेष्ठ ३२, २०८१
राष्ट्रिय सभा

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेश्रो 

माघ ११, २०८०
राष्ट्रिय सभा

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

माघ ११, २०८०
राष्ट्रिय सभा

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुले साढे तीन लाख मात्र खर्च गर्न पाउने

पुस २९, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal