Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेश्रो 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ ११, २०८०
In राष्ट्रिय सभा
0

काठमाडौं : संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्र सबै भन्दा ठूलो पार्टी बनेको छ ।राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् ।

माओवादीबाट हाल उपाध्यक्ष सहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदै छन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिट सहित सबैभन्दा ठूलो दल बन्न सफल सफल भएको हो ।

यता, बिहीबार भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । त्यस्तै,  एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए ।यो मत परिणामले राष्ट्रिय सभामा दलीय समीकरण फेरिएको हो । 

यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदै छन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिए पछि राष्ट्रिय सभामा कांग्रेस १६ सिट सहित दोस्रो ठूलो दल बन्न पुगेको छ  ।

एमाले लगातार ६ वर्षदेखि राष्ट्रिय सभाको पहिलो दल थियो । २०७४ माघ २४ मा भएको निर्वाचनबाट पहिलो बनेको एमाले बिहीबार देखि तेस्रो दल बनेको छ । राष्ट्रिय सभामा एमालेका १७ जना सांसद थिए ।

८ जनाको पदावधि सकिएर बिदा हुने बेलामा राप्रपासँग तालमेल गरेर कोशीमा एक सिट जिते पनि ७ सीट गुमाएको छ । अब १० जना सांसद हुने भएकाले प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको हो ।

राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टी (जसपा) का  ३ संसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १/१ सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीन मध्ये एउटा सिट खाली भएको छ ।

राष्ट्रिय सभाका ५९ सदस्य मध्ये प्रदेशहरुबाट ८/८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।  नेपालको संविधान २०७२ जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि २, ४ र ६ वर्ष गरी गोला प्रथाबाट तय गरिएको थियो ।

गोलाप्रथा बाट दुईवर्षे कार्यकाल परेकाहरुको पदावधि २०७६ फागनु २१ मा सकिन लाग्दा माघ ९ मा १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन भएको थियो ।उक्त निर्वाचनबाट तत्कालीन एमाले–माओवादीको नेकपाले १६ सिट जितेको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनीत गर्ने तीन जना बाहेक ४७ जना नेकपाका सांसद थिए । एक भएका एमाले–माओवादी वैधानिक कारणले छुट्टिए भने एमालेबाट विभाजित भएर नेता माधव कुमार नेपाल समूहले छुट्टै दल एकीकृत समाजवादी गठन गरेका छन् ।

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय सभा

राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारी बारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

चैत्र १८, २०८२
राष्ट्रिय सभा

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित

साउन २३, २०८२
राष्ट्रिय सभा

‘सार्कको अध्यक्षता पाकिस्तान लाई सुम्पिन नेपाल आतुर छ’

भदौ २४, २०८१
राष्ट्रिय सभा

‘मिडिया काउन्सिल विधेयक मार्फत प्रेस जगत लाई बाँध्न मिल्दैन’

जेष्ठ ३२, २०८१
राष्ट्रिय सभा

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

माघ ११, २०८०
राष्ट्रिय सभा

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुले साढे तीन लाख मात्र खर्च गर्न पाउने

पुस २९, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend