२१ भाद्र,काठमाडौं: यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले ‘इन्द्रेणी तीज’ मनाएका छन् । ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा काठमाडौंको वालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुले आफ्नो लैङ्गिक पहिचान खुलाएरै तीज पर्वमा रमाएका हुन् ।

‘हाम्रा परम्पराहरू लाई सम्मान गर्दै हाम्रा समुदाय भित्रको विविधता र एकता लाई एकसाथ मनाऔँ ।रमाइलो, खानपान र उत्सवको मज्जा नछुट्टाऔँ’ भन्ने नारा सहित जम्मा भएका समुदायका व्यक्तिहरुले पहिचान र अधिकारका लागि पनि पर्वको महत्व रहेको बताए ।

सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले दबिएर, हेपिएर र पिल्सिएर रहेका र यौनिक रुपमा अल्पसंख्यक समुदायहरु आफ्नो अधिकारका लागि खुल्ला रुपमा तीज पर्वमा सामेल भएको बताइन । सो अवसरमा बेस्ट डान्स, बेस्ट ड्रेस, बेस्ट वाक जस्ता प्रतियोगिता हरुको आयोजना गरिएको थियो ।




















आफ्नो प्रतिकृया दिनुहोस्