Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बर्सेनि भव्य बन्दै अमेरिकामा बानाको नेपाली सडक महोत्सव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २४, २०८१
In प्रवास खबर
0

२४ भाद्र,(वॉशिंगटन,डी.सी.): अमेरिकामा स्थापना भएका विभिन्न नेपाली संगठनहरू मध्येमा सबै भन्दा धेरै सक्रिय संस्था मध्ये को एक बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सातौँ संस्करणको सडक महोत्सव गर्ने भएको छ ।

विगतका ६ संस्करण लाई भव्य रूपमा सम्पन्न गरेको बानाले यो पटकको महोत्सव लाई पनि अझ उत्कृष्ट ढङ्गले गर्ने लक्ष्य राखेको छ । सन् २०१५ देखि लगातार रूपमा अमेरिकाको बाल्टिमोरमा नेपाली कला, संस्कृति र नेपालको प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो महोत्सवको आयोजना गर्दै आएको बानाले यो पटकको कार्यक्रम लाई अझ व्यवस्थित र धेरै भन्दा धेरै मानिसहरूको सहभागिता गराउने लक्ष्य राखेको छ ।

बाल्टिमोरको व्यस्त ठाउँ मध्ये को एक टाउसनको मुख्य ठाउँमा हुने यो महोत्सवका लागि तयारी निकै द्रुत तरिकाले भइरहेको बानाका अध्यक्ष सुबोध पन्तले बताए ।सेप्टेम्बर १५ तारिख आइतबारका दिन हुने यो कार्यक्रम यो पटक एक दर्जन भन्दा बढी कार्यक्रमहरू राखिएको छ ।

विगतका वर्ष हरूमा झैँ नेपाली संस्कृति झल्किने गतिविधि लाई निरन्तरता दिइनेछ । नेपाल भन्दा धेरै टाढा रहेर पनि नेपाली संस्कृति लाई विदेशी भूमिमा सबै माझ देखाउने र यस लाई सबैको नजरमा उत्कृष्ट कार्यक्रम बनाउने लक्ष्यका साथ सातौँ संस्करणको सडक महोत्सवको आयोजना गर्न लागिएको बानाका महासचिव सागर घिमिरेले जानकारी दिए ।

नेपाली दूतावास, बाल्टिमोर सिटी काउन्सिलको समेत सहयोग रहेको यो कार्यक्रमले विगतका वर्षहरूमा राम्रो चर्चा पाउँदै आएको छ । यो कार्यक्रम हेर्नका लागि विदेशी हरूको समेत निकै राम्रो उपस्थिति रहने गरेको छ । विगत ६ वर्ष देखि निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको बानाले हरेक संस्करणमा अझ व्यवस्थित गर्दै आएको छ ।

कार्यक्रममा मेरिल्यान्डमा विभिन्न व्यवसायी गर्दै आएका नेपालीहरूको साथ सहयोगका साथै नेपालको संस्कृति झल्किने गरेर स्टलहरू पनि राखिँदै आएका छन् । जुन यो पटक पनि राखिने छ । यसका साथै महोत्सवमा नेपालको मौलिक सांस्कृतिक लाखे नृत्य तथा अन्य विशेष किसिमका प्रस्तुतिहरू रहने भएका छन् ।

यसका साथै विभिन्न नेपाली कलाकार र स्थानीय कलाकारको पनि यो कार्यक्रममा प्रस्तुति रहने छ ।आइतबारका दिन बिहान ११ बजे बाट शुरु हुने यो कार्यक्रम साँझ ५ बजे सम्म चल्ने बताइएको छ । पहिलो संस्करण देखि सातौँ संस्करण सम्म झन्डै नौ वर्षको अन्तरालमा यो कार्यक्रमले मेरिल्यान्डमा आफ्नै छुटै चर्चा कमाइ सकेको छ ।

बानाले यो कार्यक्रमको शुरुवात गर्दा जुन किसिमको चुनौती भोग्नु परेको थियो, त्यो सातौँ संस्करण सम्म पुग्दा निकै कम भइसकेको छ । तर पनि साना तिना चुनौतीहरू अहिले पनि बानाले भोग्दै आएको छ ।

तर पनि यो कार्यक्रम लाई मेरिल्यान्डमा बस्ने नेपाली हरूले आफ्नो संस्कृति झल्काउने कार्यक्रम भनेर राम्रो साथ र सहयोग गर्दै आएका छन् ।बानाले नेपालमा मनाउँदै आइएका विभिन्न कार्यक्रम हरूलाई मेरिल्यान्डमा रहेका नेपालीहरू माझ मनाउने गरेको छ ।

  • 79shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रवास खबर

मलेसियामा ३१ सदस्यीय नेपाली समाजको नयाँ कार्यसमिति गठन

जेष्ठ १८, २०८२
प्रवास खबर

असोज २२ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या ५५ हजार बढी

अशोज २४, २०८१
प्रवास खबर

दशैंको मुखमा देश छाड्नेहरु कम छैनन्

अशोज १९, २०८१
प्रवास खबर

कोरियामा इपिएस मार्फत रोजगारी पाउने नेपालीको संख्या १ लाख नाघ्यो

भदौ २३, २०८१
प्रवास खबर

इजरायलमा केयर गिभरमा जान चाहने ८ सय जनाको लागि अवसर

असार ११, २०८१
प्रवास खबर

एनआर एनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित)

कार्तिक ११, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend