Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसो बाट सञ्चालनमा आउने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २०, २०८१
In समाचार
0

२० गते असोज,काठमाडौँ: गत ११ र १२ असोजको अविरल वर्षा पछि आएको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्याए पछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आज दिउँसो बाट सञ्चालनमा आउने भएको छ ।

यस सडक खण्ड अन्तर्गत कुलेखानी ड्याम मुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भए पछि आज बाट सवारी साधन सञ्चालन हुने भएको हो ।यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्कर प्रसाद पोखरेलले फाखेल सडक खण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आज बाट  सडक सञ्चालन आउने बताए ।

उनले भने, ‘फाखेल सडक खण्ड आज दिउँसो १ बजे बाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ। हामीले तत्काल यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू तयार पारेका छौँ । अब कुनै ठुलो समस्या नआए  आज दिउँसो बाट सवारी साधन निर्वाध सञ्चालन गर्न सकिन्छ ।’

निर्देशक पोखरेलले कुलेखानी ड्याममुनिको पुलको पहुँच मार्ग भत्किएको भन्दा केही तल बाट डाइभर्सन निर्माण गरेको जानकारी दिए । उनले शनिबार राति सम्ममा डाइभर्सनको काम पूर्ण रूपमा सकिने बताए ।

यस्तै, माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकता अनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उनको भनाइ छ । निर्देशक पोखरेलका अनुसार फाखेल सडक भएर आज केही मोटरसाइकल सञ्चालनमा आएका छन् भने उक्त सडक खण्डमा फसेका सवारी साधान समेत गन्तव्य तर्फ लागेका छन् ।

यता, कुलेखानी सिस्नेरी तर्फको सडक सञ्चालनका लागि भने सोमबार सम्मै कुर्नु पर्ने उनको भनाइ छ। उक्त सडक खण्डमा बाढीले सडक बगाएका ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भए पछि खोलाको बाटो भएर सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने काम भइ रहेको पोखरेलले जानकारी दिए ।

कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक खण्डमा भइ रहेको काम र यातायात सञ्चालनको पूर्व तयारीका विषयमा बुझ्न शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थ प्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का लगायतको टोली निरीक्षणको लागि फाखेल महालक्ष्मी पुगेको थियो ।

  • 36shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend