२४असोज ,काठमाडौं: हिन्दुहरुको महान पर्व दशैं घर घरमा भित्रि रहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दशैं नमनाइ यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।
श्रम स्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन् । गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो ।टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानु पर्ने मात्र दशैंको मुखका विदेश गएका हुन् ।
वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जाने मध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।दशैं अघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ ।
दशैंको मुखमा विदेश जाने भन्दा दशैं मनाउन स्वदेश आउनेको संख्या बढी हुने भएपनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरुको संख्या विमान स्थलमा अत्याधिक देखिन्छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्