०३ कार्तिक,राजविराज: मेची महाकाली राष्ट्रिय उ्द्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशको सप्तरी बाट १३ जनाको उद्धार भएको छ ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने भावना सहित मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।
मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६ बाट ३ जना र वडा–१ बाट १ गरि ८ जना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट ५ जनाको उद्धार गरिएको हो ।
उद्धार गरिएका ११ जना पुरुष र २ जना महिला लाई शुक्रबार नै मानव सेवा आश्रम सर्लाही सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ ।उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा बे-वारिसे अवस्थामा रहनु भएका मानवहरुको उद्धार सेवामा रहने छ ।
उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिहरु द्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतना मूलक ¥याली प्रदर्शन सहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राको उद्देश्य बारे जानकारी गराइएको थियो ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी ज्यूले चाडपर्वको समयमा सडक आश्रित मानवहरुको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुन:र्मिलन गराउने उद्देश्यका साथ यात्रा सुरु गरिएको बताउँदै सहयोगका लागि सरोकार वाला सबै लाई आग्रह समेत गरे ।



















आफ्नो प्रतिकृया दिनुहोस्