०८ कार्तिक,काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय सम्हालेको एकसय दिनका उपलब्धि एव भए गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।विहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालय बाट भएका प्रमुख कार्य एवम् उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।
पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण लाई नियामक र सेवा प्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण लाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रि परिषद्मा पेश गरिएको जानकारी दिए ।
त्यस्तै नेपालको नागरिक उड्डयन प्रणाली लाई सुरक्षित एवं विश्वसनीय बनाउन यस अघिका सबै दुर्घटना जाँच तथा अध्ययन समिति एवं आयोगले गरेका सिफारिस समेत अध्ययन गरी सुझाव दिन सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन भई सुरु भएको ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल बाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रि परिषद्बाट स्वीकृत भई कार्यान्वयनमा रहेको जानकारी पनि गराए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल बाट कार्तिक २४ गते देखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत गरिएको साथै आन्तरिक वायुसेवाले व्यहोर्नु पर्ने यात्रुको दायित्व तथा वीमा लाई समयानुकुल बृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विपद्को अवस्थामा यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रु लाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको, अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआए सम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको। विमान स्थलहरू लाई विहान ४:३० बजे देखि रातिको एक बजे सम्म आन्तरिक उडानहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी गराइयो ।
त्यस्तै नेपाल र फ्रान्स बीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा संझौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडी बढाइएको साथै नेपाल र इन्डोनेशिया बीच द्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रकृया अघि बढेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँच बुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदन बाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिइएको जानकारी गराइएको थियो ।
पर्यटन विधेयक २०८१ संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रि परिषद्मा पेश गरिएको, क्यासिनो नियमावली, २०८१ स्वीकृतिको लागि मन्त्रि परिषदमा पेश गरिएको, पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनका लागि मन्त्रि परिषदमा पेश गरिएको, नेपालका ५८०० देखि ६५०० मिटर उचाईका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन लाई अनलाईन प्रणाली मार्फत प्रवाह हुने व्यवस्था मिलाइएको, ग्रेट हिमालयन ट्रेलको थप ५ किमी पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, हिमाल आरोहण र पद यात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिब दुई सय जना पर्यटकहरू लाई उद्धार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो
राष्ट्रिय संस्कृति नीति, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रि परिषद्मा पेश गरिएको, प्रतिलिपि अधिकार विधेयक,२०८१ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को संशोधन मस्यौदा तर्जुमा गरिएको पनि सम्मेलन मार्फत जानकारी दिइयो ।
एक सय दिनका उपलब्धिहरु कै रुपमा संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको ।, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण तथा व्यवस्थापन) विधेयकको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रिया अगाडि बढेको, अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन)कार्य विधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिइयो ।
भूकम्प बाट क्षति ग्रस्त पुरातात्विक सम्पदा मध्ये थप पाँच सम्पदाको पुन:र्निर्माण सकिएको, युनेस्कोका सुझावहरू कार्यान्वयन गर्न लुम्बिनी विश्व सम्पदा संरक्षण कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, सन् २०२५ भित्र तिलौराकोट, कपिलवस्तु लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तयारी स्वरूपको मिसन द्वारा अवलोकन तथा अध्ययन कार्य सम्पन्न भएको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पशुपति क्षेत्रमा अवस्थित विश्वरुपा मन्दिर तथा सत्तल पुन:र्निर्माण साथै ललितपुरको गुईत टोलको चैत्य बाट हराई अमेरिका पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाण सहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएको साथै शंकर किर्ति महाविहार, भगवान वहाल ठमेल बाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ती सोही स्थानमा पुन:र्स्थापना गरिएको जानकारी दिइयो ।मन्त्री पाण्डेले एक सय दिनमा विशेष गरी ऐन, कानुन निर्माण, नीति गत सुधारका क्षेत्रमा बढी केन्द्रीत भएर काम गरेको जानकारी दिए ।


















आफ्नो प्रतिकृया दिनुहोस्