१० कार्तिक,काठमाडौं: वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ हुने भएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइ रहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थ पूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताए ।
आगामी कोपमा प्रस्तुत गरिने विषय वस्तुमा सुझाव माग्ने र यसले कोप– २९ मा नेपालको सहभागिता लाई अर्थ पूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउनका लागि सहयोग पुग्ने उनको भनाइ छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्