२८ मंसिर,जनकपुरधाम: वेष्ट इण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आएका छन् । शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्ट इण्डिजका पूर्व कप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन् ।
उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमान स्थलमा स्वागत गरेका थिए । विश्व विख्यात वेस्ट इन्डियन खेलाडी पहिलो पटक नेपाल आएका हुन् ।उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरु सँग साक्षात्कार समेत गर्ने छन् ।
लाराले नेपालमा तीन–चार दिन बिताउने छन् । उनी एनपीएल फाइनल सम्म भने बस्ने छैनन् ।वेस्ट इन्डिजका क्रिकेट खेलाडफ लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्