२२ वैशाख, जनकपुरधाम: विश्व प्रसिद्ध हिन्दू धर्मगुरु तथा तुलसी पीठाधीश्वर ‘पद्मविभूषण’ जगद्गुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्य जनकपुरधाम आइपुगेका छन्। जानकी मन्दिरको दर्शनका लागि सोमबार जनकपुर पुगेका उनले सम्पूर्ण हिन्दू समुदायलाई धर्म माथि भइरहेका आक्रमणको प्रतिवाद गर्न एकताबद्ध हुन आग्रह गरेका छन्।

स्वामी रामभद्राचार्यले हाल हिन्दू धर्म र संस्कृति माथि भइरहेको हमलाको कडा विरोध गर्दै मुस्लिम तथा अन्य धर्मावलम्बीहरुले मिलेर हिन्दू राष्ट्र नेपाललाई कमजोर बनाएको आरोप लगाए। उनले नेपाल र भारत दुवै देशलाई हिन्दू राष्ट्रको रूपमा पुन: स्थापना गर्नु पर्ने आवश्यकता औँल्याए। साथै, नेपालमा पुन: राजसंस्थाको आगमन हुनु पर्ने धारणा पनि व्यक्त गरे।

जनकपुरवासीहरूले उनलाई पारम्परिक मिथिला संस्कार अनुसार भव्य स्वागत गरे। साथै, मिथिला परम्परा अनुसार व्यङ्गात्मक रूपमा गाली (सम्धि पक्षलाई दिने व्यङयात्मक गाली) पनि अर्पण गरिएको थियो। उनले जानकी मन्दिरको गर्भगृहमा पूजा गरी मन्दिरको परिक्रमा पनि गरे। पूजा सम्पन्न गरे पछि उनी भारतको विहार स्थित सितामढी तर्फ प्रस्थान गरे।



















आफ्नो प्रतिकृया दिनुहोस्