२२ जेठ,जनकपुर : मधेश प्रदेश सभाले संसदीय छानबीन विशेष समिति गठन गरेको छ ।विगत लामो समय देखि जनता समाजवादी पार्टी नेपाल लगायतका प्रमुख प्रतिपक्षका सांसदहरुले उठाउँदै आएको आर्थिक अनियमितता, संसदीय विकास कोषको रकम अपचलन, मुख्यमन्त्री सतिश कुमार सिंहको भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ संगको भेटलगायतका विषयहरु लिएर विरोध गर्नुका साथै छानबीन समिति गठन गर्न माग गर्दै आएका थिए ।
हिजो (बुधबार) बैठक बस्ने बित्तिकै प्रमुख प्रतिपक्षले अवरोध गरे पछि बैठक आजका लागि स्थगित गरिएको थियो ।
बजेट ल्याउने समय एकदम नजिक भएकोले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सरकारका आर्थिक वर्ष २०८१/०८२ को विकास योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेश सभा बेठकमा सांसदहरु बाट उठेको गुनासोहरु लाई मध्येनजर गर्दै सत्यतथ्य छानबीन गर्न प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम संसदीय छानबीन विशेष समिति गठन गरिएको जानकारी दिए ।
छानबीन विशेष समितिमा सांसद केशव राय, सांसद कुमर कान्त झा, सांसद किरण कुमारी, सांसद सम्भु कुमार साह, सांसद रोहबर अन्सारी, सांसद रमिता प्रधान, सांसद कनिश पटेल, सांसद उर्मिला देवी सिंह, सांसद कन्चन विच्छा र सांसद बिमला अन्सारी तरन्नुम रहेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्