Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३१, २०८२
In अख्तियार दुरुपयोग
0

३१साउन, जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्ला स्थित सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा नं. ८ का पूर्व वडा अध्यक्ष दुर्गा प्रसाद रायसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूलाई सार्वजनिक सम्पत्ति हिनामिना गर्दै आर्थिक हानि पुर्‍याएको अभियोग लगाइएको छ।

अख्तियारका अनुसार कृषि प्रवर्द्धन कार्यक्रमको नाममा अनियमितता गर्दै झुटा बिल भरपाई र नक्कली कागजात तयार पारेर १४ लाख ७७ हजार ५ सय रुपैयाँ हिनामिना भएको पुष्टि भएपछि विशेष अदालत, काठमाडौंमा अभियोगपत्र दायर गरिएको हो।

अभियोगमा पर्ने अन्य व्यक्तिहरू

मुद्दामा समावेश अन्य व्यक्तिहरूमा तत्कालीन लेखापाल शिव कुमार झा, पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैता, अर्चना कृषि सहकारी संस्थाकी अध्यक्ष संजु कुमारी यादव, तथा तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरकी श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुर पनि छन्। उनीहरू माथि पनि सोही रकम बराबरको बिगो माग सहित कारबाहीको माग गरिएको छ।

कार्यक्रममा अनियमितता

आर्थिक वर्ष २०७७/०७८ मा कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत सबैला नगरपालिका वडा नं. ८ मा “बाख्रा फार्म” दर्ता गरी अनुदानको रकम दुरुपयोग गरिएको अख्तियारले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरिएकामा सार्वजनिक सूचना प्रकाशन नगरी एकल सहकारी संस्था—अर्चना कृषि सहकारी संस्था लिमिटेड—लाई सो रकम दिइएको थियो।

उक्त संस्था सँग सम्झौता भए पनि खरिद गरिएका भनिएका बोका, पाठी, खसी र च्यापकहरू मध्ये को–कोलाई वितरण गरियो भन्ने विवरण अस्पष्ट रहेको तथा खरिद स्रोतका रूपमा देखाइएको राधा कृषि फर्मले वास्तविक रूपमा कारोबार नगरेको पुष्टि भएको अख्तियारको दाबी छ।

झुटा कागजात र फर्जी बिल

राधा कृषि फर्मबाट खरिद गरिएको भनिएको बोका र डाले घाँस सम्बन्धमा सो फर्मले बिलमा उल्लेख भएअनुसार सामान नबेचेको प्रमाण भेटिएको छ। साथै, आन्तरिक राजस्व कार्यालय जनकपुरको प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा राधा कृषि फर्मले कुनै कारोबार नै नगरेको उल्लेख छ। यस आधारमा अख्तियारले उक्त रकम हिनामिना गर्न योजनाबद्ध रुपमा मिलेमतो गरिएको निष्कर्ष निकालेको छ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अख्तियार दुरुपयोग

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२
अख्तियार दुरुपयोग

वीरगंज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा, बाख्रा र माछा पालनको खुलासा

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

जसपा सांसद सरोज कुमार सिंह पुन : पक्राउ, भ्रष्टाचार मुद्दा दर्ता

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

लहान सडक डिभिजनका पूर्व प्रमुख सहित ४ जना माथि भ्रष्टाचारको मुद्दा

अशोज २९, २०८२
अख्तियार दुरुपयोग

माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृत सहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर

अशोज २६, २०८२
अख्तियार दुरुपयोग

कल्याणपुरका मेयर साह १ लाख घुस सहित रंगेहात पक्राउ

असार ३२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend