Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

निर्माण सम्पन्न सहायक राजमार्ग अब प्रदेश र स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण हुने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २०, २०८२
In मन्त्रालय
0

२० साउन,काठमाडौं । सरकारले निर्वाचन क्षेत्र सडक तथा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका सडक र पुलहरूको मर्मत सम्भार प्रदेश र स्थानीय तहलाई जिम्मेवारी सहित हस्तान्तरण गर्ने निर्णय गरेको छ।

मंगलबार संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तर सम्बन्ध) समितिको बैठक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको थियो। बैठक पछि मन्त्री देवेन्द्र पौडेलले सडक तथा पुलहरूको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए।

निर्णयका मुख्य बुँदाहरू
सडक स्वामित्व हस्तान्तरण:
राष्ट्रिय राजमार्ग बाहेकका ३,०७८ किलोमिटर सहायक सडकलाई क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गरिनेछ। चालु आर्थिक वर्ष २०८२/८३ सम्म सडक विभाग मार्फत आवश्यक मर्मत गरिने र २०८३ साउन १ गते देखि अनिवार्य रूपमा प्रदेश सरकारको मातहतमा ल्याइने छ। यससँगै हाल कार्यरत लैन्थवर्कर र सुपरभाइजरहरू पनि प्रदेश सरकारको मातहतमा रहनेछन्।

प्राविधिक समिति गठन:
निर्वाचन क्षेत्र सडक, वैकल्पिक सहायक राजमार्ग र स्थानीय सडक पुलहरूको मर्मत सम्भार तथा सञ्चालनलाई प्रदेश र स्थानीय तहमा जिम्मेवारी सहित हस्तान्तरण गर्ने कार्यलाई सहज बनाउन प्राविधिक समिति गठन गरिएको छ। समितिमा सडक विभाग, सडक बोर्ड, सबै प्रदेशका सडक पूर्वाधार महाशाखाका प्रमुख, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरू रहने छन्।

सरकारको भनाइमा, यस निर्णयले प्रदेश र स्थानीय तहलाई सडक र पुलहरूको दिगो मर्मत सम्भार र व्यवस्थापनमा थप अधिकार दिलाउनेछ र यातायात पूर्वाधारको प्रभावकारी संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मन्त्रालय

ऋण असुलीमा गैरकानूनी दबाब दिए कारबाही गर्न सीडीओलाई गृह मन्त्रालयको निर्देशन

भदौ २१, २०८३
मन्त्रालय

वैदेशिक रोजगारी सम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण: मन्त्री साह

चैत्र १८, २०८२
मन्त्रालय

तत्काल सडक खुलाउन र पुनर्निर्माणमा सरकार तत्पर : मन्त्री घिसिङ

अशोज १९, २०८२
मन्त्रालय

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय

भदौ ५, २०८२
मन्त्रालय

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

साउन २१, २०८२
मन्त्रालय

सेवा एकद्वार प्रणाली मार्फत प्रविधिमैत्री बनाइँदै छ: श्रममन्त्री भण्डारी

साउन १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend