Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा भगवान सूर्यनारायण र महर्षि याज्ञवल्क्यको भव्य मन्दिर स्थापना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २४, २०८२
In समाज
0

२४ साउन,जनकपुरधाम। वैदिक परम्परा र ज्ञानको राजधानीका रूपमा परिचित जनकपुरधामको श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुप परिसरमा भगवान सूर्यनारायण र महर्षि याज्ञवल्क्यको भव्य प्रतिमा सहितको मन्दिर स्थापना गरिएको छ।


यो पवित्र कार्य शा.श.१९४७ विश्वावसु नाम संवत्सर, श्रावण शुक्ल नवमी, ३ अगस्त २०२५ (रविवार) मा सम्पन्न भएको थियो। तर विशेष रुपले श्रावण शुक्ल पूर्णिमा को अवसर पारेर आज देखि विधवत रुपले पुजा पाठ शुरु गरिएको छ । मन्दिर निर्माणको नेतृत्व कर्नाटकको रायचुर शहर निवासी सत्य नारायण मुजुमदार गुडकुंटीले गरेका हुन्। करिब ६ लाख रुपैयाँ लागतमा तयार भएको यो मन्दिर पूर्णरूपमा वैदिक संस्कृति र आध्यात्मिक महत्त्वलाई उजागर गर्ने खालको छ।


स्थापनाकर्ता सत्य नारायण मुजुमदारले जनकपुरधामलाई महर्षि याज्ञवल्क्यको तपोभूमि भएको ऐतिहासिक मान्यताको आधारमा मन्दिर निर्माणको योजना बनाएको बताउनु भयो। “म यहाँ उचित स्थानको खोजमा थिएँ र अन्तत: यो पवित्र स्थान श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको ज्ञानकुपमा मन्दिर स्थापना गर्ने अवसर पाएँ,” उहाँले भावुक हुँदै भन्नु भयो।

विद्यालयका प्रधानाध्यापक संजय झा र सत्य नारायण मुजुमदारले संयुक्त रूपमा विधिपूर्वक वैदिक मंत्रोच्चार द्वारा पुजा–पाठ गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका प्रतिनिधि, वडा नं. ८ का अध्यक्ष दिनेश सिंह लगायतको उपस्थितिले वातावरणलाई अझ धार्मिक र मार्मिक बनाएको थियो। सो क्रममा प्रधानाध्यापक संजय झाले भन्नु भयो, “याज्ञवल्क्यको तपोभूमि जनकपुरधाममा यसरी मन्दिर स्थापना हुनु आफैंमा एक ऐतिहासिक र प्रेरणादायी घटना हो।”

महर्षि याज्ञवल्क्य वैदिक साहित्यमा शुक्ल यजुर्वेदको वाजसनेयी शाखाका द्रष्टा हुन्। उहाँको अर्को महत्त्वपूर्ण कृति शतपथ ब्राह्मण हो, जसले वैदिक विधि, दर्शन र जीवनशैलीको विस्तृत व्याख्या गर्दछ। याज्ञवल्क्य स्मृतिमा करिब १००० श्लोक छन्, जसका तीन प्रमुख संस्करणहरू निर्णय सागर, त्रिवेन्द्रम्, र आनन्दाश्रम प्रचलित छन्।


यो मन्दिरको स्थापना केवल धार्मिक दृष्टिले मात्र नभई सांस्कृतिक, शैक्षिक र ऐतिहासिक दृष्टिले पनि जनकपुरधामका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

  • 33shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend