Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रौतहटमा सुटकेस भित्र महिलाको शव फेला, पहिचान खुल्यो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ८, २०८२
In घटना /दुर्घटना
0

रौतहट । रौतहटको गौर नगरपालिका–९ मुडवलवा सडकमा शनिबार राति सुटकेस भित्र महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलवा मोड नजिक राति करिब १०:३० बजे शंकास्पद सुटकेस भेटिएको थियो। डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेस आइतबार बिहान खोल्दा भित्र एक महिलाको शव भेटिएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव माधव नारायण नगरपालिका–६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबि कुमारी साह सुडिको रहेको पुष्टि गरेको छ। मृतक भारतको मुज्जफरपुर जिल्ला रक्साटोल निवासी शिवसागर साहकी पत्नी रहेको प्रहरीले जनाएको छ।

शनिबार बेलुकी ६ बजे ‘ब्यूटी पार्लर जान्छु’ भनेर घरबाट निस्किएकी रुबि कुमारी लाई परिवारले फोन गर्दा सम्पर्क नहुँदा प्रहरीलाई खबर गरिएको थियो। अनुसन्धानमा संलग्न प्रहरीले शवमा साडी छिरिएको अवस्था देखिएकाले हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज जाँच भइरहेको र थप अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएको छ।यस अघि पनि हालसालै रौतहटमा छुट्टा-छुट्टै घटनामा सहाबुदिन मिया र सप्तरीका उपेन्द्र भगतको शव भेटिएको थियो।

एक साता भित्र मात्रै जिल्लामा तीन जनाको शव फेला परेको घटनाले सुरक्षा चुनौती थपिएको स्थानीयले बताएका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत

चैत्र ४, २०८२
घटना /दुर्घटना

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२
घटना /दुर्घटना

सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारी माथि छुरा प्रहार गरेर लुटपाट

माघ २३, २०८२
घटना /दुर्घटना

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२
घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२
घटना /दुर्घटना

१५ वर्षिय बालक अपहरणको आशंका, ५ करोड फिरौती माग

अशोज ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend