जनकपुर । करिब एक महिना पछि बसेको मधेश प्रदेश सभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्ष दलले बहिष्कार गरे पछि बैठक स्थगित भएको छ। विपक्षी सांसदहरूले अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई शुक्रबार (भोली)सम्मका लागि स्थगित गरेका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्य सचेतक सांसद रामअसिश यादवले २०८२/०८३ सालको बजेट प्रस्तुतिमा अनियमितता भएको आरोप लगाएका छन्। उनका अनुसार सभामा पेश गरिएको बजेट वक्तव्यमा ४६१ पाना मात्र रहेका थिए, तर पछि सांसदहरूलाई वितरण गरिएको ‘रेड बुक’ मा २९४ पाना थप भई जम्मा ७५५ पाना भएको देखिएको छ। यादवले सो अतिरिक्त २९४ पानामा करोडौँ रुपैयाँका योजनाहरू चोरी गरेर समेटिएको आरोप लगाए।
उनले बजेट असन्तुलित मात्र नभई ‘बिचौलिया प्रभाव’ स्पष्ट देखिने गरी प्रस्तुत भएको दाबी गर्दै अर्थमन्त्रीले राजीनामा नदिए सम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने चेतावनी दिए।विपक्षीको विरोध पछि सभामुख मण्डलले बैठकलाई भोली सम्मका लागि स्थगित गर्ने घोषणा गरेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्