जनकपुरधाम । नयाँ शिक्षा ऐनले निजी विद्यालयहरूलाई बन्द गर्ने उद्देश्य लिएको भन्दै निजी विद्यालय सञ्चालकहरूले जनकपुरधाममा अन्तिम जिल्ला स्तरीय शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न गरेका छन्।
बुधबार भएको प्रदर्शनमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालय सञ्चालकहरूको सहभागिता रहेको थियो। उनीहरूले निजी भवन देखि विरोध र्याली सुरु गरी जनकपुरधामका विभिन्न चोक परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर कोणसभामा परिणत गरेका थिए।
कोणसभा लाई सम्बोधन गर्दै धनुषा जिल्ला प्याब्सनका अध्यक्ष नवल यादवले यो प्रदर्शन जिल्ला स्तरीय अन्तिम विरोध भएको उल्लेख गरे। उनका अनुसार अब २३ गते काठमाडौंमा सम्पूर्ण निजी विद्यालय सञ्चालकहरू भेला भई विभिन्न दलका नेताहरू सँग भेटेर आफ्नो माग बारे ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ।
यस्तै, उनले २५ गते काठमाडौंमा वृहत विरोध र्याली आयोजना गरिने जानकारी दिए। अध्यक्ष यादवले सरकारले माग सम्बोधन नगरे सम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट पारेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्