Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

१५ वर्षिय बालक अपहरणको आशंका, ५ करोड फिरौती माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ६, २०८२
In घटना /दुर्घटना
0

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंह अपहरणमा परेका आशंका गरिएको छ। परिवारजनले यस बारे इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका छन्।

असोज ५ गते राति करिब ८:३० बजे खाना खाएपछि घर बाहिर आँगनमा निस्केका अभिषेक हराए। रातभर आमा सहित बाजे बज्याले खोज्दा पनि भेटिएनन्। भोलिपल्ट असोज ६ गते बिहान करिब ८ बजे अभिषेककै इमो आईडी बाट आमाको इमोमा पठाइएको सन्देशमा ५ करोड रुपैयाँ फिरौती माग गरिएको थियो। सन्देशमा रकम अंक र अक्षर दुवैमा उल्लेख गरिएको प्रहरीले जनाएको छ।

अभिषेकका पिता सञ्जय सिंहको ७ वर्षअघि करेण्ट लागी मृत्यु भएको थियो। अहिले अभिषेक परिवारको एक मात्र वारिस रहेको वृद्ध बाजे लक्ष्मण सिंहले बताए। नाति हराएको समाचारले उनी र परिवार शोकमा डुबेका छन्। असोज ६ गते मध्यान्हमा आमा सहित परिवारजनले प्रहरीमा लिखित उजुरी दर्ता गरेका थिए।

घटना पछि प्रहरीले अपहरणको अनुसन्धान, खोजतलास र उद्धार कार्य सुरु गरेको छ। इलाका प्रहरी कार्यालयका निरीक्षक गोविन्द साहले घटना स्थलमै पुगेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए। छिमेकीका अनुसार, अभिषेक जनताको माध्यमिक विद्यालय बलहीमा कक्षा ७ सम्म पढेपछि पढाइ छाडेका थिए। हाल उनी आफ्नै परिवारको स्वामित्वमा रहेको सिटी रिक्सा देखि ट्रयाक्टर सम्म चलाउँदै आएका थिए।

यो घटनापछि गोलबजार नगरपालिका र आसपासका बस्तीमा त्रास फैलिएको छ। स्थानीयले आफूलाई असुरक्षित महसुस गरिरहेको बताएका छन्। यसैबीच, पत्रकारलाई परिवारजनले समाचार नलेखिदिन आग्रह गरेका छन्। उनीहरूले समाचार सार्वजनिक भएमा अभिषेकको ज्यानमा थप खतरा पर्न सक्ने भन्दै नाम र विस्तृत विवरण सार्वजनिक नगर्न आग्रह गरेका हुन्।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत

चैत्र ४, २०८२
घटना /दुर्घटना

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२
घटना /दुर्घटना

सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारी माथि छुरा प्रहार गरेर लुटपाट

माघ २३, २०८२
घटना /दुर्घटना

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२
घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२
घटना /दुर्घटना

जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि

भदौ २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend