Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १४, २०८२
In आलेख
0

काठमाडौं । बडादशैं किन मनाइन्छ भन्ने प्रश्नमा संस्कृती अध्येता कीर्तिनाथ मिश्रले दिएको व्याख्या चण्डीको किताब सँग जोडिन्छ। किताबको तेह्रौँ अध्यायमा भगवतीले नै आदेश दिएको छ,शरद ऋतुमा बलि सहित तन्त्र विधान अनुसार पूजा गरे म सधैं प्रसन्न हुने छु।


यसरी महिषासुर, चण्डमुण्ड, शुम्भ–निशुम्भ जस्ता दानवहरूको अन्त्य भए पछि देवता र मनुष्य सबै एकत्र भएर भगवतीलाई प्रार्थना गर्दै खुसी पार्दा भगवतीले भविष्यमा पनि पूजा गर्न आदेश दिएको विश्वास आज सम्म निरन्तर रहँदै आएको छ।


उनले घटस्थापनामा भगवतीको आह्वान विशेष महत्व राख्छ। कतिपय घरमा नौवटा कलश राखिन्छ, कतिपयमा एउटै कलशमा नौ देवीहरूको आवाहन गरिन्छ। जमरा भगवतीलाई प्रिय वस्तु भएकाले अनिवार्य रूपमा प्रयोग हुन्छ। जौंको जमरा औषधीय दृष्टिले पनि लाभकारी मानिन्छ। मकै मिसाएर राख्ने चलन प्रसाद वितरणका लागि प्रचलनमा आएको हो, जसलाई औषधीय गुणयुक्त पनि भनिन्छ।


नवरात्रका प्रत्येक दिन फरक–फरक देवीको पूजा हुन्छ। पहिलो दिन शैलेपुत्री, दोस्रो दिन ब्रह्मचारिणी (महेश्वरी), तेस्रो दिन चन्द्रघन्टा (कुमारी), चौथो दिन कुष्माण्डा (भद्रकाली), पाँचौँ दिन स्कन्दमाता (बाराही), छैठौँ दिन कात्यायनी (इन्द्रायणी), सातौँ दिन कालरात्रि (महाकाली), अष्टमीमा महागौरी, नवमीमा सिद्धिदात्री (त्रिपुरासुन्दरी) को पूजा गरिन्छ। दशमीमा सबै देवीहरूलाई समेटेर विसर्जन पूजा हुन्छ।


प्रत्येक दिन भगवतीलाई मन पर्ने वस्तु चढाउने परम्परा पनि छ। घटस्थापनामा घिउ, दोस्रो दिन सखर, तेस्रो दिन दूध, चतुर्थीमा मालपुवा, पाँचौँ दिन केरा, छैठौँ दिन मह, सप्तमीमा चाकु साराई, अष्टमीमा हलुवापुरी, नवमीमा खीर र लावा, दशमीमा कालो तिल, एकादशीमा दही, द्वादशीमा चिउरा, त्रयोदशीमा सातु, चतुर्दशीमा चना भुटेको र पूर्णिमामा खीर चढाउने चलन रहि आएको छ।


पूजाको क्रममा अष्टाङ्ग बलि दिने चलन छ। अष्टाङ्ग बलि भन्नाले दुई किसिमका पूजा विधि बुझिन्छ—सात्विक र तामसिक, सात्विक पूजामा घिउ, मह, सख्खर, दही, दूध, पान, फलफूल, मिष्ठान्न चढाइन्छ भने तामसिक पूजामा माछा–मासु, राँगो, भेडा, हाँस, कुखुरा आदिको प्रयोग गरिन्छ।

यसैमा भटमासलाई बोकाको प्रतिक, नरिवललाई पनि बोकाको प्रतिक, अदुवालाई झारपात, माछालाई जलचरको प्रतिनिधि मान्ने परम्परा रहि आएको छ। परम्परागत रूपमा आठ प्रकारका बलि मानिन्थ्यो तर अहिले कानुनी र व्यावहारिक कारणले सम्भव नभएकाले विशेष गरेर पञ्चबली (राँगो, बोका, भेडा, कुखुरा, हाँस) प्रचलनमा छ। सात्विक विधिमा भने घिरौंला, मुला, अम्बा, केरा, कुबिन्डो जस्ता तरकारी तथा फलफूल चढाउने गरिन्छ।


काठमाडौं उपत्यकाका नेवार समुदाय प्राय: तन्त्र विधान अन्तर्गत पर्ने भएकाले तामसिक पूजा विधि नै बढी प्रचलित छ। सात्विक पूजामा भने पशु–बलि आवश्यक पर्दैन। साथै, दशैंलाई जुनसुकै अवस्थामा पनि छाड्न नहुने चाड मानिन्छ। जुठो परेको घरमा समेत विवाह वा सामाजिक कार्य नगरे पनि १३ दिन पछि विवाह भएर गएको छोरी–बेटी मार्फत जमरा हाल्ने परम्परा कायम रहन्छ।


फूलपातीमा प्रयोग हुने वस्तुहरूको पनि फरक महत्त्व छ। भगवतीलाई आराधना गर्दा उखु, जमरा, धान, केराको पात, जटापुष्प आदि नभई नहुने वस्तु मानिन्छन्। सात्विक पूजामा फलफूलले स्थान पाउँछ भने वैदिक र तान्त्रिक विधिमा तान्त्रिक सामग्री प्रयोग हुन्छ।


यसको साथै, उनका अनुसार नवरात्रको पूजा तोडफोड गर्न नहुने कडा मान्यता छ। सप्तमीमा सप्तमीकै पूजा, अष्टमीमा अष्टमीकै पूजा, नवमीमा नवमीकै पूजा गर्नुपर्छ। तिथि लोप भए मात्र अर्कै विधि अपनाइन्छ। सप्तमीमा कालरात्रि पूजा र अष्टमीमा गौरीको पूजा गरिन्छ।


पूजाको मूल कर्म पहिले मैथिली ब्राह्मणले गर्ने चलन थियो तर जयस्थिति मल्लको पाला देखि कर्मचार्य समुदायले पनि पूजा कर्म गर्ने परम्परा सुरु भएको हो। आज काठमाडौं उपत्यकाभर कर्मकाण्ड प्राय: कर्मचार्य र राजोपाध्यायहरूले गर्ने गर्छन्, कतैकतै बज्राचार्य पुरोहितहरूले पनि गर्छन्।


यस्तै गरि, नेपालमा दशैँको बेला रातो टीकाको साथै सेतो टीका लगाउने पनि चलन रहि आएको उनी बताउँछन् । यस बारेमा भने मिश्रले सेतो र रातो टीका लगाउने कुरा इष्टदेवता अनुसार भिन्न हुने बताए । उनले कतै भगवती, कतै शिव, कतै नारायणलाई प्रिय मान्ने हुनाले दशैंमाआफूले मान्ने देवताको प्रिय वस्तु अनुसार टीका लगाउने गरिन्छ ।

कीर्तिनाथ मिश्र
संस्कृति अध्येता

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२
आलेख

सुशीला कार्की प्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’

भदौ २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend