Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कालाजग्रा मा देवीको मूर्ति स्थापना, पर्यटन प्रवर्द्धनमा टेवा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २०, २०८२
In धर्म
0

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीको मूर्ति स्थापना गरिएको छ। टाइगर हिलका नामले परिचित यस स्थलमा आइतबार वडाको आर्थिक सहयोग र स्थानीयको सक्रियतामा मूर्ति स्थापना गरिएको हो।

वडा अध्यक्ष धर्मराज उपाध्यायका अनुसार करिब ३ लाख ५० हजार रुपैयाँ लागतमा धनगढीबाट ल्याइएको उक्त मूर्ति करिब ७५–८० केजी तौलको छ। ढम्कने पदमार्ग हुँदै कालाजग्रा सम्म महत्वपूर्ण धार्मिक–पर्यटकीय सन्देश लेख्ने कार्य सम्पन्न गरेपछि मूर्ति स्थापना गरिएको उनले बताए।

उपाध्यायका अनुसार कालाजग्रा धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले मूर्ति स्थापना, पदमार्ग निर्माण, भ्युटावर, वातावरण संरक्षण र आवश्यक पूर्वाधार विकासमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय वसन्त रोकायाले मूर्ति स्थापना सँगै दैनिक पूजा–आराधना सहज हुने र यसले कालाजग्राको प्रचार–प्रसार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले धार्मिक स्थलको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

समुद्री सतहबाट करिब ३,२०० मिटर उचाइमा अवस्थित कालाजग्रा सदरमुकाम मार्तडी देखि २१ किलोमिटर पूर्वोत्तर दिशामा पर्छ। दुई पहाडबीच सिंहको आकृतिमा देखिने यो स्थललाई स्थानीयले देवीको उत्पत्तिस्थल मानेका छन्। प्रत्येक जनै पूर्णिमामा यहाँ विशेष पूजा गरिन्छ। धार्मिक विश्वास अनुसार कालाजग्रा देवीको आराधना गर्दा घरमा सुख–शान्ति हुने, मनोकामना पूरा हुने र सन्तान लाभ समेत हुने मान्यता रहिआएको छ।

  • 26shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend