Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कालाजग्रा मा देवीको मूर्ति स्थापना, पर्यटन प्रवर्द्धनमा टेवा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २०, २०८२
In धर्म
0

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीको मूर्ति स्थापना गरिएको छ। टाइगर हिलका नामले परिचित यस स्थलमा आइतबार वडाको आर्थिक सहयोग र स्थानीयको सक्रियतामा मूर्ति स्थापना गरिएको हो।

वडा अध्यक्ष धर्मराज उपाध्यायका अनुसार करिब ३ लाख ५० हजार रुपैयाँ लागतमा धनगढीबाट ल्याइएको उक्त मूर्ति करिब ७५–८० केजी तौलको छ। ढम्कने पदमार्ग हुँदै कालाजग्रा सम्म महत्वपूर्ण धार्मिक–पर्यटकीय सन्देश लेख्ने कार्य सम्पन्न गरेपछि मूर्ति स्थापना गरिएको उनले बताए।

उपाध्यायका अनुसार कालाजग्रा धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले मूर्ति स्थापना, पदमार्ग निर्माण, भ्युटावर, वातावरण संरक्षण र आवश्यक पूर्वाधार विकासमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय वसन्त रोकायाले मूर्ति स्थापना सँगै दैनिक पूजा–आराधना सहज हुने र यसले कालाजग्राको प्रचार–प्रसार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले धार्मिक स्थलको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

समुद्री सतहबाट करिब ३,२०० मिटर उचाइमा अवस्थित कालाजग्रा सदरमुकाम मार्तडी देखि २१ किलोमिटर पूर्वोत्तर दिशामा पर्छ। दुई पहाडबीच सिंहको आकृतिमा देखिने यो स्थललाई स्थानीयले देवीको उत्पत्तिस्थल मानेका छन्। प्रत्येक जनै पूर्णिमामा यहाँ विशेष पूजा गरिन्छ। धार्मिक विश्वास अनुसार कालाजग्रा देवीको आराधना गर्दा घरमा सुख–शान्ति हुने, मनोकामना पूरा हुने र सन्तान लाभ समेत हुने मान्यता रहिआएको छ।

  • 26shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा धुमधामका साथ, जानकी मन्दिरमा विशेष पूजा अर्चना

अशोज २२, २०८२
धर्म

आज कोजाग्रत पूर्णिमा : दशैंलाई विदा, लक्ष्मीको स्वागत

अशोज २०, २०८२
धर्म

महानवमी : सिद्धिदात्री देवीको पूजा-आराधना गरिँदै

अशोज १५, २०८२
धर्म

राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान

अशोज १५, २०८२
धर्म

जनकपुरधाममा बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो

अशोज १३, २०८२
धर्म

आज नवरात्रको छैटौं दिन : कात्यायनी देवीको पूजा गरिँदै

अशोज १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend