Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा धुमधामका साथ, जानकी मन्दिरमा विशेष पूजा अर्चना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २२, २०८२
In धर्म
0

जनकपुरधाम । मिथिलाञ्चलमा आज (मंगलबार) कोजाग्रत पूर्णिमा धार्मिक आस्था र परम्परागत रौनकका साथ मनाइँदै छ। दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ र यस दिन देवी लक्ष्मीको आराधना गर्दै रातभर जाग्राम बस्ने चलन छ।

यस अवसरमा जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना तथा कार्यक्रमको आयोजना गरिएको छ। महन्त राम तपेश्वर दासका अनुसार आजको दिन महोत्तरीको रतौली गाउँबाट पुस्तौ–पुस्ता देखि निरन्तर चल्दै आएको भार (कोसेली) पठाउने परम्परा यस वर्ष पनि दोहोरिएको छ।

रतौलीका स्व. महेन्द्र ठाकुरले सयौं वर्षअघि सुरु गरेको यस परम्परा अनुसार उनको वंशजका तीन घरबाट आज पनि दही–च्यूरा, फलफूल, विभिन्न परिकार, पान, मखान, मिठाई तथा लत्ता–कपडा जानकी मन्दिरमा अर्पण गरिएको छ। ठाकुर परिवारले माता सीतालाई छोरी मानी बिहेको परम्परा अनुसार कोसेली पठाउँदै आएको जनाइएको छ।

आज राति जानकी मन्दिरमा माता सीताको विशेष पूजाअर्चना, नाचगान र आरतीको कार्यक्रम हुनेछ। मन्दिरमा चढाइएको कोसेली प्रसादका रूपमा भक्तजनलाई वितरण गरिनेछ। साथै, परम्परा अनुसार माता जानकीको प्रतिमालाई गर्भगृहबाट बाहिर निकालेर दर्शन गराइने तयारी छ।

कोजाग्रत पूर्णिमाको दिन लक्ष्मीपूजा गर्ने र रातभर जाग्राम बसेर धनधान्य प्राप्तिको कामना गर्ने धार्मिक विश्वास छ। त्रेतायुगमा भगवान श्रीकृष्णले यसै दिन रासलीला प्रारम्भ गरेको र चन्द्रमाले चकोरलाई अमृत वर्षा गर्ने विश्वास पनि रहि आएको छ।

मिथिलाञ्चलमा यस दिन विशेष गरी मखानको खीर बनाएर छतमा राख्ने परम्परा छ। मध्यरातमा अमृत वर्षा हुन्छ भन्ने विश्वासका साथ राखिएको खीर बिहान प्रसादका रूपमा परिवारका सदस्यले ग्रहण गर्ने प्रचलन छ।

आज जनकपुरधाम सहित सम्पूर्ण मिथिला क्षेत्रका घर–घरमा दीप प्रज्वलन, पूजा र जाग्राम गरी कोजाग्रत पूर्णिमा उल्लासपूर्वक मनाइँदै छ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend