Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २३, २०८२
In स्थानीय
0

सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा भ्रमण खर्चको शीर्षकमा आठ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको छ ।तर सो खर्च कहाँ, कसका लागि र कुन प्रयोजनमा गरिएको भन्ने स्पष्ट विवरण नहुँदा उक्त रकमको प्रयोग विधि सम्मत नभएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार, गाउँपालिकाले वितरण गरेका कतिपय भ्रमण आदेशमा भ्रमणको उद्देश्य उल्लेख गरिएको छैन। भ्रमण खर्च पारदर्शी बनाउन र अभिलेखिकरण सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि पालिकामा भ्रमण सम्बन्धी अभिलेख खाता नै नरहेको उल्लेख छ ।

यसले गर्दा कुन जनप्रतिनिधि वा कर्मचारी कहिले, कहाँ र किन भ्रमणमा गए भन्ने एकीकृत विवरण सङ्कलन हुन सकेको छैन । त्यति मात्र होइन, भ्रमण सकिए पछि अनिवार्य रूपमा पेस गर्नुपर्ने भ्रमण प्रतिवेदन समेत नपेस गराईकनै रकम भुक्तानी गरिएको पाइयो ।

स्थानीय तहका पदाधिकारी र सदस्यलाई पाउने सुविधा सम्बन्धी ऐन, २०७७ र भ्रमण खर्च नियमावली, २०६४ मा कुनै पनि भ्रमण खर्च गर्नु अघि स्पष्ट उद्देश्य सहित आदेश दिने, अभिलेख राख्ने र भ्रमण पछि प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था छ ।

तर कोडैना गाउँपालिकामा ती आधारभूत प्रक्रिया नै पालना नगरी रकम खर्च गरिएको देखिएको हो। महालेखाले यस्तो खर्चलाई पारदर्शिता र जवाफदेहिताको दृष्टिले गम्भीर कमजोरीका रूपमा लिएको छ ।

भ्रमणको नाममा विनायोजना र विना प्रतिवेदन खर्च भइरहँदा गाउँका विकास योजनाहरू भने प्राथमिकताबाट ओझेलमा परेका छन्। आधारभूत पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका थुप्रै आवश्यकता अपूरा छन् । तर पालिकाको ठूलो ध्यान भ्रमण र भत्तामा केन्द्रित देखिनुले जनतामा असन्तोष बढाएको छ। स्थानीय बासिन्दाहरूले ‘गाउँ सुधार्ने भन्दा राजधानी पुग्ने लहड’ नै प्राथमिकता भएको टिप्पणी गरेका छन् ।

महालेखाको प्रतिवेदनमा अब देखि कुनै पनि भ्रमण खर्च स्वीकृत गर्नु अघि स्पष्ट प्रयोजन उल्लेख गर्नुपर्ने, अभिलेख व्यवस्थित राख्नु पर्ने र प्रतिवेदन नपेस नगरिएमा भुक्तानी रोक्नुपर्ने सुझाव दिइएको छ । महालेखाको यो टिप्पणीले कोडैना गाउँपालिकाको प्रशासनिक जवाफदेहिता, बजेट अनुशासन र स्थानीय सरकारमा विश्वासको स्तर माथि गम्भीर प्रश्न उठाएको छ ।

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend