काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारले युवाको आवाज र भावनालाई बेवास्ता गरेको उल्लेख गर्दै वर्तमान सरकार भने परिवर्तनका लागि युवापुस्ताको आकांक्षा प्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गरेकी छन् ।
जेनजी आन्दोलनको एक महिनाको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले भनिन्, “हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधारको तीव्र चाहना छ । देशमा न्याय, विधिको शासन र भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापना हुने अपेक्षा छ ।”
उनका अनुसार युवापुस्ताले सुरू गरेको आन्दोलन केवल असन्तोष वा विरोधको परिणाम मात्र नभई देशलाई नयाँ दिशा तर्फ डोरेर सुधार गर्ने शक्ति हो । उनले थपिन्, “युवाको क्रान्ति परिवर्तनकारी ऊर्जा हो, यसलाई नजरअन्दाज गर्न सकिँदैन । हामी सबैले यसलाई स्वीकार गरेर सकारात्मक रूपले अगाडि बढाउनु पर्छ ।”



















आफ्नो प्रतिकृया दिनुहोस्