Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘श्री बुकुरो : द होम कलिङ’, फागुन १ देखि देशव्यापी प्रदर्शनमा आउने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २९, २०८२
In मनोरन्जन
0

२९ माघ ,काठमाडौं ।फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’ को बुधबार राजधानीको बिग मुभिजमा भव्य प्रिमियर शो सम्पन्न भएको छ। निर्माण टिमले आयोजना गरेको उक्त विशेष प्रदर्शनमा वरिष्ठ निर्देशक तुलसी घिमिरे, निर्माता छविराज ओझा, दीपक प्रसाद आचार्य र जयकिशन बस्नेत लगायत चलचित्र क्षेत्रका हस्ती तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रिमियरमा उपस्थित चलचित्रकर्मीहरूले सिनेमाको कथावस्तु र निर्माण पक्षको खुलेर प्रशंसा गरेका छन्।

सिनेमा हेरेपछि वरिष्ठ निर्देशक तुलसी घिमिरेले यसलाई एउटा जीवन्त ‘पेन्टिङ’ को संज्ञा दिँदै मानवीय संवेदनाका सूक्ष्म पलहरूलाई पर्दामा निकै कलात्मक ढंगले उतारिएको टिप्पणी गर्नुभयो। उहाँले विशेष गरी फुपु र भदैको बुढेसकालको भेट र लोभी मामाको चरित्र जस्ता प्रसङ्गले कथालाई वास्तविक बनाएको बताउँदै आमालाई साथ दिने तीन छोराहरूको भूमिकाको समेत उच्च प्रशंसा गर्नुभयो। त्यस्तै, निर्माता तथा वितरक छविराज ओझाले पनि ‘श्री बुकुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नु भयो।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाले घर, परिवार र समाजको यथार्थपरक कथालाई समेटेको छ। पारिवारिक सम्बन्धका जटिलता र प्रेम जीवनमा चिना नमिल्दा आउने अड्चनहरूलाई यसमा मुख्य विषय बनाइएको छ। वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको मुख्य भूमिका रहेको यस फिल्ममा आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, राजन इशान, लय संग्रौला र मोहन निरौला लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

चैत्र १९, २०८२
मनोरन्जन

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

चैत्र १७, २०८२
मनोरन्जन

ठमेलको एलओडीमा विनोद राठोड र अनीश ओकेलीको महासंगम

चैत्र ७, २०८२
मनोरन्जन

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक

चैत्र ४, २०८२
मनोरन्जन

‘लालीबजार’को गीत ‘मायालाई के दिउँ म बैना’ सामाजिक सञ्जालमा ट्रेन्डिङ

चैत्र ३, २०८२
मनोरन्जन

अदालती बहस देखि संगीतको धुन सम्म: सरकारी वकिलको एउटा ‘प्रेमकथा’

फाल्गुन १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend