Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ८, २०८२
In घटना /दुर्घटना
0

८ फागुन,रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समूदाय बीच विवाद हुँदा झडप भएको छ ।फागुन ७ गते राति ९ः५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढा स्थित सत्य नारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो ।

राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए भने आज बिहान ९ः१५ बजे पुनः सोही विषयलाई लिएर दुवै पक्षका करीब ५०० को सङ्ख्यामा भेला भएका मानिसहरू बीच दोहोरो झडप भएको छ । स्थिति तनावग्रस्त बने पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको थियो । भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड ब्ल्याङ्क फायर (हवाई फायर) र ४० सेल अश्रुग्यास प्रहार गरेका छन् । हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ ।

झडपमा परी थप ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय २७ वर्षीय रामप्रवेश साह, १४ वर्षीय महम्दिन मिया, २० वर्षीय शेख सही आलम मिया, १७ वर्षीय शेख सहिब र ४२ वर्षीय महम्मद खुर्सेद रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, डिउटीमा खटिएका प्रहरी जवान राजेश ठाकुर सहित २ जना सुरक्षाकर्मी समेत घाइते भएका थिए । सामान्य उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन् । घटनालाई साम्य पार्न र विवाद सुल्झाउन आज दिउँसो ३ः०० बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिहरूबीच वार्ता सुरु भएको छ । स्थानीय प्रशासनले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत

चैत्र ४, २०८२
घटना /दुर्घटना

सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारी माथि छुरा प्रहार गरेर लुटपाट

माघ २३, २०८२
घटना /दुर्घटना

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२
घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२
घटना /दुर्घटना

१५ वर्षिय बालक अपहरणको आशंका, ५ करोड फिरौती माग

अशोज ६, २०८२
घटना /दुर्घटना

जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि

भदौ २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend