१७ चैत,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका प्रमुख आइजीपी राजु अर्यालसँग छलफल गरेका छन्।छलफलका क्रममा बालबालिकामा सानै देखि जीवन उपयोगी सीप विकास गर्ने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धार सम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गरिएको जानकारी दिइएको छ।
यसका लागि सशस्त्र प्रहरी बल (एपीएफ) लाई आवश्यक तयारी अघि बढाउन निर्देशन दिइएको छ भने शिक्षा मन्त्रालयसँग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइएको छ।कार्यक्रम अन्तर्गत बालबालिकालाई प्राकृतिक विपद्का बेला सुरक्षित रहने उपाय, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गरिने लक्ष्य राखिएको छ।
यसबाट विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। साथै, सम्बन्धित निकायबीच सहकार्य गरेर कार्यक्रम प्रभावकारी रूपमा लागू गरिने जनाइएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्