२७ वैशाख,(एजेन्सी) : कोरोना भाइरसको विश्वब्यापी महामारीका बीच दक्षिण कोरियामा शुक्रबारदेखि घरेलु फुटबल लिग शुरु भएको छ । शुक्रबार भएको खेलमा जेनबुक मोटर्सले सुवन ब्लुविङ्सलाई १-० ले पराजित गरेको थियो । फुटबल खेल हुँदा मैदानमा खेलाडी बाहेक बेन्चमा रहेका खेलाडी, प्रशिक्षक तथा ओफ़िसरहरु मास्क लगाएका थिए । खेलको क्रममा खेलाडीहरुले एक आपसमा हात मिलाएका थिएनन् । मैदानको नजिकै थुक्न र कुरा गर्न समेतमा रोक लगाइएको थियो । सो खेल मा पेनाल्टी र रातो कार्डबारे निर्णय गर्न भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता पनि लिइएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्