जनकपुरधाम,३१ भदौ : (रवि मण्डल) विश्वकर्मा पूजाको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्यमा माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.ले बस पार्क नजिक रहेको हनुमान मन्दिरको प्रांगणमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यातायात कम्पनिका संचालक मनोज चौधरीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा एकजना महिला तथा ४० जना पुरुषले रक्तदान गरेका थिए।
कोरोना कालमा सरकारले लगाएको लकडाउन अवधिमा अन्य कार्य लगायत रक्तदानको कार्यक्रम पनि स्थगित भएपछि नेपाल रेडक्रस लगायतको संस्थामा रक्तको अभाव देखिएको जनमानसमा गुनासो आउन थालेको अवस्थामा जनकपुरधाममा पिडितहरु लाइ चाहिने रक्तको अभावलाई केहि हद सम्म रोक्न उक्त यातायात कम्पनि ले सराहनीय कार्य गरेको हो ।

‘बाबा विश्वकर्माको पूजा पश्चात् कोरोना महामारीको रोगबाट प्रभावित नेपाल लगायतका अन्य देशहरु मुक्त हुने विश्वास प्रकट गर्दै सो रक्तदान कार्यक्रममा प्रमुख अतिथि रहेका उपमहानगरपालिकाका मेयर लालकिशोर साहले यस्ता महामारीको बेलामा रक्तदान भन्दा ठूलो कुनै पनि पुण्य नहुने भनेका छन् ।
कोरोनाको कारण आर्थिक रुपमा सबै क्षेत्र प्रभावित भएको छ, तर प्रभावित हुनु र रक्तको अभावमा ज्यान गुमाउनु अलग विषयको कुरा हो । रक्तदान गरेर हामी मानवलाई मावनता सिखाउनुका साथै जीवन दान पनि गर्दछौं भन्दै यस्ता कार्यमा हामी सबै को सहयोग अनिवार्य रुपमा रहने मेयर साह ले आफ्नो गम्भीर प्रतिबद्धता जनाएका थिए।

बाबा विश्वकर्मा पुजाको एक दिन पुर्व भएको रक्तदान कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर रिता मिश्र, धनुषा ट्राफिक प्रमुख इन्स्पेक्टर परसुराम घिमिरे,वडा नं ७ का अध्यक्ष जानकीराम साह, रामजानकी युवा क्लवका अध्यक्ष संजय कुमार साह, जसपा का नेता प्रमोद कुमार यादव, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ सहितका व्यक्तिहरुले आफ्ना मन्तव्य राखेका थिए ।
त्यस्तै रक्तदान गर्नेहरुलाई माँ जानकी जनकपुरधाम यातायात प्रा.लि. को तर्फ बाट पौष्टिक फलफूल को साथ् प्रशंसापत्र प्रदान गरिएको थियो ।























आफ्नो प्रतिकृया दिनुहोस्