Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सामाचकेवा पर्व : स्नेहपूर्ण वातावरणको अनुभूति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ७, २०७७
In समाज
0

७मंसिर,जनकपुरधाम(हिमांशु चौधरी): सांस्कृतिक पर्व सामा चकेवाअन्तर्गत आ–आफ्ना भाइलाई आशीष दिन विन्ती गरिएका गीतले मिथिलाञ्चलमा स्नेहपूर्ण वातावरणको बोध गराइरहेको छ । आबह सामा, आबह चकेवा हे अपन देश भाइ मोर हे आशीष दैह जीबह भाइ लाख बरीस … भाइ–बहिनीको प्रेमको प्रतीक रहेको सामाचकेवालाई गीतका माध्यमले आह्वान गरी दिदीबहिनीले भाइको दीर्घायुको कामनाका गरी श्रद्धापूर्वक मनाइरहेको यो गीत त्यसको दृष्टान्त हो ।

सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । भ्राति द्वितीयाका दिन दिदीबहिनीले सामाचकेवाका पात्रहरूको माटोकोे आकृति बनाई छठपर्वको खरनादेखि पूर्णिमासम्म यस पर्वको आयोजन गर्ने गरेको पाइन्छ । प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व विशेष गरी बालिकाहरूको भए पनि युवती र प्रौढहरूको उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ । सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुवैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ ।

त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामाचकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । मैथिल ललनाद्वारा सामा चकेवाका माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने परम्परा रहेको छ । छठपर्वको खरना (पञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छाअनुसारका रङहरू प्रयोग गरी सामालाई सिँगारिन्छ ।

हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाइ सकिन्छ । तराई भेगमा घरघरमा माटाका मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमका रूपमा पनि लिइन्छ । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । कहीँकहीँ साथी–सँगी र नन्द–भाउजूबीच कोसेलीका रूपमा पनि सामा पठाउने गरिएको पाइन्छ । कतिपय दाजुभाइ नहुने दिदीबहिनीले भाइको जन्मको भए ढोल बजाएर सामा खेल्नेछु भनी भाकलसमेत गरेको पाइन्छ । यस अवसरमा एउटा चङ््गेरा (बाँसबाट बनाइने ढक्की विशेष) मा सामाका मूर्तिहरू सजाएर राखिन्छ ।

यसअन्तर्गत सामाको भोजनका लागि भनेर एउटा झपना (छोप्ने) भएको सामाको पौति (बाँस वा खर वा सीकीबाट बनाइएको भाँडो विशेष) मा च्यूरा र गुड राखिन्छ । रातिको समयमा खानपिन गरी महिला वर्ग सामूहिकरूपमा डाला लिएर एकत्र भएर विभिन्न प्रकारका गीतहरू गाउँदै सामा खेल्ने गर्दछ । गीतहरूमा भाइबहिनीको आत्मीयता र स्नेह, सामाको जीवनमा परेका दुःख, चुगिलाले चुक्ली लगाएकामा उसलाई गरिने गाली आदि विषयहरू समेटिएका हुन्छन् ।

चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने र पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवालाई नयाँ धानको बालाले पूजा गर्ने चलन पनि रहेको छ ।

यस पर्वमा दिदीबहिनीले मनोबाञ्छित फल प्राप्तिका कामनाका साथै मूर्तिहरूलाई चलायमान गरी वृन्दावनमा आगो लगाउने, चुगलाको मुख आगोले पोल्ने तथा विसर्जन गर्नुपूर्व दाजुभाइले सामालाई घुँडामा राखी फुटालेपछि सबैले अन्य मूर्तिहरू फुटाल्छन् । माटोका मूर्तिहरू त्यत्तिबेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर मार्मिक, मनोरञ्जक एवं मर्मस्पर्शी गीतिसंवाद बोल्छन्:कानि खिजि चिठिया लिखौलनि फलाँ बहिनो भैजौलनि हजामका हाथ चिठिया दिहन्हि हो भैया, फलाँ भैयाके हाथ भेला घोडा पर सवार बाबाक सम्पतिआ हो भैया भतिजबा के ओ आस हम परदेशिन हो भैया सिन्दूरवा केर हो आस … ।

यो गीतमा बहिनीले भाइलाई हजाममार्फत पत्र पठाउँछिन्, भाइ पत्र पाउनेबित्तिकै घोडामा सवार भई सिन्दुर र टिकुलीसहित बहिनीकहाँ आउँछन् । बहिनीले मसँग धनसम्पति पर्याप्त छ, मलाई तपाईँसँग मेरो सिन्दुरको रक्षाको आशामात्र छ भनी उल्लेख गर्नाले भाइबहिनीको शाश्वत प्रेमलाई दर्शाउँछ । सूक्ष्मरूपले विचार गर्दा सामा खेल ग्रामीण महिलाहरूको अभिनयजस्तै लागे पनि यसको सम्बन्ध पुराणसँग भएकाले यसलाई धार्मिक पर्व मानिएको देखिन्छ । यसको सर्वप्रथम चर्चा पद्मपुराणमा पाइन्छ ।

भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भुत भातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद रहेको छ । पद्मपुराणमा सामा चकेवाको कथा सप्रसङ्ग उल्लेख गरिएको छ । यसअनुसार कृष्णका सोह्र हजार एक सय आठ रानी थिए । उनीहरुमा रूक्मिणी, सत्यभामा, कालिन्दी, मित्रविन्दा, नाग्नजिति, सुलक्ष्मणा, सुशीला र जाम्बवती आठ पटरानी थिए ।

ऋक्षराज (भालुहरूको राजा) जाम्बवानले कृष्णबाट शमन्तक मणिका लागि भएको युद्धमा पराजित भएपछि मणिका साथै छोरी जाम्बवतीलाई कन्यादान दिएका थिए । यही जाम्बवतीबाट शाम्ब छोरा र श्यामा (सामा) नामको छोरी प्राप्त भएको थियो । पद्मपुराणका अनुसार सामा र वृन्दावनका एक कुमार चारूवक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चुडक (चुगला) पनि सामालाई प्रेम गर्दछन् । सामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई सामाको सतित्व सम्बन्धमा झुठा कुराहरू सुनाइदिन्छ ।

कृष्ण छोरी सामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् । चारूवक्य सामाको विरह व्यथाले महादेवको तपस्या गरी चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा–चकेवीका रूपमा वृन्दावनमा बस्न थाल्दछन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा शाम्ब फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भइ बहिनी सामा र चारूवक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गइ तपस्या गर्न थाल्छन् ।

सामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखी दिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा च्रडक किचिएर मर्छ । यसपछि भगवान विष्णु शाम्बप्रति खुशी भइ सामा र चारूवक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदिेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता छ । सामा चकेवा पर्वमा श्यामा र चारूवक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ ।

भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारूवक्य शब्दको पछि अपभ्रंश भइ सामा र चकेवा नाम प्रचलित हुन गएको हो । संस्कृतिविद् रामभरोस कापडिका अनुसार यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घरपरिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर, जङ्गल– जीवनकै सिद्धान्तअनुरूप वृन्दावन जङ्गल सम्बन्धको अद्भूत समन्वय रूप हो । सामाको सन्देशले समाजमा भावनात्मक एवं रागात्मक सम्बन्ध स्थापित गराउनमा पूर्णसार्थक देखिएको छ ।(रासस)

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२
समाज

परराष्ट्रमन्त्री डा. राणाले बुढानीलकण्ठ स्थित निवासमा भित्र्याइन् गौरा

भदौ १५, २०८२
समाज

आज बुबाको सम्मान स्वरुप मनाइदैँ बाबुको मुख हेर्ने दिन  

भदौ ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend