१५वैशाख,काठमाडौँ : सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तहरुको मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टी सँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्ता पार्वत गुरुङले सपाले उठाउँदै आएका मागका आधारमा मन्त्रिपरिषद्ले निर्णय लिएको र आगामी दिनमा पनि मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले बताएका छन ।























आफ्नो प्रतिकृया दिनुहोस्