Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २५, २०८२
In राजनीति
0

२५ माघ ,सप्तरी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट दलहरूले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसक्दा मुलुक असहज अवस्थामा पुगेको बताएका छन्।

सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक र सामाजिक अवस्थाको जिम्मेवारी कांग्रेस र कम्युनिस्ट दलहरू माथि रहेको आरोप लगाए।

२०४६ सालको जनआन्दोलन पछि गठन भएका अधिकांश सरकारमा कांग्रेस र कम्युनिस्ट दलहरू सहभागी रहे पनि अपेक्षित सुशासन र विकास हुन नसकेको उनले उल्लेख गरे। उनले त्यसकै कारण युवा-पुस्तामा असन्तोष बढेको र देश अस्थिर परिस्थितिमा पुगेको बताए।

शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रलाई सुदृढ बनाउनुको सट्टा निजीकरण र पार्टीकरण गर्दा सरकारी संरचनाहरू कमजोर भएको यादवको आरोप छ। सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका उनले नेताहरूले चुनावका बेला गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै मतदाताहरूले निरन्तर प्रश्न गर्नुपर्ने बताए।

“जनताले नेतासँग प्रश्न सोधिरहनु पर्छ, त्यसो गरे मात्र नेता जिम्मेवार हुन्छन्,” उनले भने।जसपाकै पहलमा देशमा परिवर्तन आएको दाबी गर्दै अध्यक्ष यादवले आफू र भावी पुस्ताको भविष्य सुरक्षित गर्न जसपाका उम्मेदवारलाई अत्यधिक मतले जिताउन मतदातासँग आग्रह गरे।

आफू सप्तरी २ बाट निर्वाचित भए पछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा आधुनिक पूर्वाधार निर्माण, इन्जिनियरिङ तथा नर्सिङ कलेज भवन निर्माण, पक्की सडक विस्तार लगायत विकासका कामहरू सम्पन्न तथा प्रक्रियामा रहेको उनले बताए।

  • 36shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२
राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend