Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ७, २०८२
In राजनीति
0

७ फागुन ,रौतहट ।नेपाली राजनीतिको एउटा लामो कालखण्ड सम्हाल्नु भएका पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले सक्रिय चुनावी राजनीतिबाट विश्राम लिने अप्रत्याशित घोषणा गर्नु भएको छ। बिहीबार आफ्नै गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँगको भेटघाटमा उहाँले आगामी दिनमा कुनै पनि तहको निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको प्रष्ट पार्नु भयो।

हाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको चुनावी मैदानमा रहनु भएका नेता नेपालले यस पटकको निर्वाचन नै आफ्नो लागि अन्तिम प्रतिस्पर्धा हुने बताउँदै अन्तरात्माको आवाज सुनेर यो निर्णयमा पुगेको उल्लेख गर्नुभयो।चुनावी राजनीतिबाट अलग भएपछिको आफ्नो भावी योजनाका बारेमा पनि उहाँले खुलस्त कुराकानी गर्नु भएको छ।

शक्ति र पदको दौडबाट बाहिरिए पछि बाँकी समय अध्ययन, लेखन, देश–विदेशको भ्रमण र समाजसेवाका कार्यहरूमा व्यतीत गर्ने उहाँको योजना छ। यो घोषणाले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ, जसलाई कतिपयले पुस्तान्तरणको सङ्केतका रूपमा हेरेका छन् भने कतिपयले यसलाई उहाँको राजनीतिक जीवनको एउटा नयाँ मोडका रूपमा लिएका छन्।

सोही अवसरमा उहाँले आफूमाथि लाग्दै आएका आरोपहरूको पनि खण्डन गर्नु भयो। विशेष गरी पतञ्जली जग्गा प्रकरणमा आफ्नो संलग्नता रहेको विषयलाई उहाँले पूर्णत:राजनीतिक प्रतिशोधको संज्ञा दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राजनीतिक रूपमा समाप्त पार्ने नियतले यस्तो षड्यन्त्र बुनेको दाबी गर्दै उहाँले ओलीको कार्यशैली संकुचित रहेको र उनले आफ्नो विरोध गर्ने जोकोहीलाई पनि निसाना बनाउने गरेको टिप्पणी गर्नुभयो।

हाल उनी विरुद्ध विशेष अदालतमा पतञ्जली योगपीठको जग्गा सम्बन्धी भ्रष्टाचार मुद्दा विचाराधीन छ। यस्तो कानुनी जटिलता र चुनावी चटारोका बीच आएको उहाँको सन्न्यासको घोषणाले आगामी निर्वाचनको नतिजा र रौतहटको राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने चासो सर्वत्र बढेको छ।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२
राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend