Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ३, २०८२
In राजनीति
0

३ चैत,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद निर्वाचित भएकी भूमिका श्रेष्ठले संसदमा आफ्नो प्रवेश सँगै जिम्मेवारी थपिएको महसुस गरेकी छन्। नेपालको संसदीय इतिहासमै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रूपमा पहिलो पटक प्रतिनिधित्व गरेकी श्रेष्ठले अबको कार्यकाल समुदायका मुद्दा र सुशासनका लागि समर्पित गर्ने प्रतिबद्धता जनाइन्।

संवाददाता संगको कुराकानीमा उनले रास्वपाको समावेशी सिद्धान्त र सुशासन प्रतिको अडानकै कारण आफूले यो पार्टी रोजेको स्पष्ट पारिन्। संविधानको धारा १२, १८ र ४२ मा आफ्नो समुदायका हक-अधिकार लेखिए पनि उचित संयन्त्र र कानुनको अभावमा ती कार्यान्वयन हुन नसकेको उनको ठम्याइ छ। त्यसैले, आवश्यक नियम-कानुन निर्माणमा सहयोग पुर्‍याउनु र समुदायको आवाजलाई सदन सम्म पुर्‍याउनु लाई उनले आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।

श्रेष्ठका अनुसार उनको लडाइँ केवल यौनिक अल्पसङ्ख्यकका लागि मात्र नभई मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएका वर्गका मुद्दा समेत सम्बोधन गराउनु हो। शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकताको समस्या र वैवाहिक समानता जस्ता विषयलाई आगामी पाँच वर्षमा तार्किक निष्कर्षमा पुर्‍याउने उनको लक्ष्य छ।

लामो समय देखि अधिकारकर्मीका रूपमा सक्रिय उनले भविष्यमा मन्त्रालयको जिम्मेवारी पाएमा पनि पछि नहट्ने र रास्वपा नेतृत्वको सरकार मार्फत जनताका सेवामा लाग्ने दृढता व्यक्त गरिन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२
राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend