Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ११, २०८२
In राजनीति
0

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलनले समाजमा गहिरो रूपमा जकडिएका र राजनीतिक दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषयलाई उठाएको बताएका छन्। उनले ती विषय अब रुपान्तरणको यात्रा मार्फत सम्बोधन हुनुपर्ने आवश्यकता औंल्याए।

रामेछापमा पत्रकारसँगको अन्तरक्रियामा बोल्दै पौडेलले आन्दोलनका क्रममा गैरजेनजी समूहले स्वार्थ पूर्ति गर्ने उद्देश्यले उत्पात मच्चाएको दाबी गरे। “जेनजी आन्दोलन विषयविहीन थिएन, यो दलहरुले सुधार गर्न नचाहेका वा नसकेका मुद्दा उठाइएको आन्दोलन हो,” उनले भने।

उनका अनुसार आन्दोलनका माग गम्भीर र संवेदनशील थिए तर त्यसकै आडमा स्वार्थका खेल पनि देखियो। “नेपालमा अहिले सम्मकै ठूलो क्षति भएको छ। गैरजेनजीले आन्दोलन भित्र घुसी उत्पात मच्चाए र राष्ट्रिय/अन्तर्राष्ट्रिय स्वार्थले परिस्थिती जटिल बनायो,” पौडेलले टिप्पणी गरे।

आन्दोलनको पहिलो दिनमै ठूलो संख्यामा युवाले सहादत प्राप्त गरेको घटनालाई गम्भीर रूपमा लिनु पर्ने भन्दै उनले छानबिन आवश्यक रहेको बताए। “राज्यले आफ्ना नागरिक र सम्पत्ति जोगाउन नसकेको विषय प्रश्न बनेको छ। यसलाई सामान्य रूपमा लिन मिल्दैन, सरकारले तत्काल छानबिन गर्नु पर्छ,” उनले जोड दिए।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पौडेलले अब देश स्थिरता र सही मार्ग तर्फ अघि बढ्नु पर्ने उल्लेख गर्दै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन नै समाधानको बाटो भएको बताए। “राज्यका संयन्त्रमा उठेका प्रश्नको जवाफ दिनु पर्छ, तभी समस्या समाधान हुन्छ,” उनले स्पष्ट पारे।

पौडेलले आफू सरकारको क्याबिनेटमा अन्तिम समयसम्म जेनजी आन्दोलन र सामाजिक सञ्जाल सम्बन्धी विषय उठाउने पहिलो व्यक्ति भएको पनि स्मरण गरे। उनले सामाजिक सञ्जाल बन्द गर्नु हुँदैन भन्ने अडान राखेको बताए।

त्यस्तै, २३ गते नै राजीनामा दिने मनस्थितिमा रहे पनि पार्टीसँग छलफल आवश्यक भएकाले भोलिपल्ट मात्र राजीनामा दिएको बताए। “प्रधानमन्त्री लाई समेत यस्तो अवस्थामा पदमा बसिरहनु हुँदैन भन्ने सोचेर राजीनामा बुझाउन बालुवाटार जाँदै थिएँ, तर परिस्थिती बदलिएकाले अन्तत: सामाजिक सञ्जाल मार्फत नै राजीनामा दिएको हुँ,” उनले सुनाए।

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

GEN-Z को माग जायज रहेको एमाले नेता महासेठको दाबी

अशोज ३, २०८२
राजनीति

पूर्व-प्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

भदौ २७, २०८२
राजनीति

जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

भदौ २६, २०८२
राजनीति

हकका लागि रोएर होइन, लडेर लिनु पर्छ : जसपा अध्यक्ष यादव

भदौ १४, २०८२
राजनीति

तराईका किसानलाई अझै पेलिन्छ, सरकारले समस्या समाधान गर्नु पर्छ : अध्यक्ष उपेन्द्र यादव

भदौ १२, २०८२
प्रदेश

जसपाका नेता यादवको आरोप, “गौर हत्याकाण्डलाई पुन: ब्युँताएर सरकारले मधेसी जनतालाई थर्काउन खोजेको छ”

भदौ ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend