Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महोत्तरीमा पाँचौँ पटक निषेधाज्ञा जारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १, २०७८
In विविध
0

महोत्तरी, १ असार : कोभिड–१९ महाव्याधिको संक्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक–पटक अवधि थपिँदै अहिले पाँचौँ पटक जारी गरिएको हो । गए मध्यरात देखि लागू पछिल्लो निषेधाज्ञा अवधि एक साता कायम रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो ।

महाव्याधिले जेठ मसान्त सम्म ८१ जनाको ज्यान लिइसकेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्त सम्म महामारीले १८ जनाको मृत्यु भएको थियो । यसपालि अहिलेसम्म दुई हजार ५६७ जना यो महाव्याधि संक्रमणमा परेका छन् । अहिलेसम्म एक हजार २३० जना निको भएका कार्यालयका कोभिड–१९ संकट व्यवस्थापन स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिनुभयो ।

जिल्लामा हाल नौ जना अक्सिजन सुविधा सहित अस्पतालको सघन उपचारमा छन् । अन्य एक हजार २४७संक्रमित स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि संक्रमणमा परेका थिए । जिल्लामा पाँचौँपटक जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यसअघि बिहान तीन घण्टामात्र किराना पसल सञ्चालनको अनुमति रहेको थियो ।

अहिले भने साँझ पनि तीन घण्टा अत्यावश्यक सामग्रीका पसल खुल्ने जनाइएको छ । यद्यपि सुरक्षाका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । यस अवधिमा भारतीय सीमावर्ती नाका पूर्ण बन्द रहने र सार्वजनिक यातायात, हाटबजार, समूहमा हिँडडुल र विद्यालय बन्द नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१
विविध

मन्दिरको जग्गामा मधेश प्रदेश सांसदको घर निर्माण : स्थानीयको विरोध

चैत्र १९, २०८१
विविध

गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

चैत्र ६, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend