Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महोत्तरी को बलवा नगर पालिकामा सडकमै धान रोपाइँ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ४, २०७८
In विविध
0

महोत्तरी, ४ असार : स्थानीय तहले धार्मिकस्थलको सौन्दर्यीकरण, संरक्षण र सम्वद्र्धनमा ध्यान नदिएको भन्दै महोत्तरीको बलवा नगरपालिकाका युवाले हिलाम्य सडकमै धान रोपाइँ गरेका छन् । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल बलवा–१० धमौरास्थित ध्रुवकुण्डको सौन्दर्यीकरणमा नगरपालिकाले चासो नदिएको भन्दै स्थानीय युवाले धमौराचोकबाट ध्रुवकुण्डसम्मको हिलाम्य सडकमा धान रोपाइँ गरेका हुन् ।

ध्रुवकुण्ड मिथिलाको प्रसिद्ध १५ दिने मिथिला माध्यमिकी परिक्रमाको छैठौं दिनको रात्री विश्रामस्थल हो । “हाम्रा पौराणिक, धार्मिक र पुरातात्विक महत्वका स्थलहरु बेवारिस बनेका छन्”, स्थानीय ३० वर्षीय युवा धिरेन्द्रकुमार मण्डलले भन्नुभयो, “नगरप्रमुख र वडाअध्यक्ष बेखबर देखिनुहुन्छ , उहाँहरुको उदासिनताप्रति साङ्केतिक विरोध जनाउन ध्रुवकुण्ड जाने हिलाम्य सडकमा दुई दिनदेखि रोपाइँ गर्दैछौं ।” यो साङ्केतिक विरोधमा दिनदिनै स्थानीय सहभागिता बढ्दै गएको त्यहींकै अर्का युवा आदर्श कर्ण बताउनुहुन्छ ।

ध्रुवकुण्ड सत्ययुगमा कठोर तपस्यावलले तारामण्डलमा चम्किलो भएर रहने वरदान पाएका पौराणिक पात्र राजकुमार ध्रुवले तपस्या गरेको ठाउँ भएको विश्वास गरिन्छ । माध्यमिकी परिक्रमाको विश्रामस्थल पनि ध्रुवकै सम्झनामा हुने चलन बसेको स्थानीय बुढापाका बताउँछन् । “यो प्रसिद्ध धार्मिकस्थलको विकासमा नगरपालिका, प्रदेश वा केन्द्र सरकार कसैले वास्ता देखाएनन्”, धमौराका बासिन्दा ७५ वर्षीय सामाजिक, राजनीतिक कार्यकर्ता वासुदेव पासवान भन्नुहुन्छ, “सुन्दर, सफा र मनोरम हुनपर्ने ध्रुवकुण्ड खण्डहर झैं बनेको छ , सडक बाटा हिलाम्य छन् ।”

यसै अवस्थाको वोध गर्न स्थानीयतहको नेतृत्वलाई घचघच्याउन यहाँका युवाले हिलो सडकमा धान रोप्नु परेको पासवान बताउनुहुन्छ । बर्सेनी धार्मिकस्थललाई सौन्दर्यीकरण गर्न लाखौं बजेट विनियोजन र खर्च देखाइने गरेपनि काम फिट्टो नभएपछि आफ्नै नगर प्रतिनिधिप्रति व्यङ्ग्य गर्न हिलो सडकमा धान रोपिएको स्थानीय करिब ३० वर्षीय युवा दिपककुमार शर्माको भनाइ छ ।

“पुराना नेता नगरप्रमुख हुनुहुन्छ, तर उहाँले यस्तो महत्वपूर्ण ठाउँको ख्याल गर्नु भएन”,नगरप्रमुख विनोद यादवप्रति शर्माप्रति उहाँको गुनासो थियो । यता नगरपालिकाले भने नगरभित्रका धार्मिकस्थल र जनसरोकारका कामहरुमा क्रमशः काम गरिरहिएको जनाएको छ । “हामीसँग बजेट, स्रोत साधनको सीमितता छ, गरिनु पर्ने काम धेरै छन्”, नगरप्रमुख यादवले भन्नुभयो, “पछिल्लो असार लाग्दैको वर्षाले जताततै पानी भएको छ, यो मौसमको अप्ठ्यारो पनि हो ।”

यो सीमितताबीच पनि धार्मिकस्थलको सौन्दर्यीकरणका काम भने भएका यादवको दावी छ । धार्मिकस्थलमा भएका काममा पनि गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भएको युवाको गुनासो छ । ध्रुवकुण्डस्थित तलाउमा घाट निर्माणमा प्रयोग गरिएका इटा कमसल रहेका स्थानीयको आरोप छ । धमौराचोकदेखि ध्रुवकुण्डसम्म सडक उचो बनाएर कालोपत्रे गरिनु पर्ने, ढल व्यवस्थापन गरिनपर्ने र धार्मिकस्थलको थप सौन्दर्यीकरणका काम सर्वपक्षीय निगरानीमा हुन पर्ने युवाले माग गरेका छन् ।(रासस)

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend