Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम मा भाईटीका (भैयादूज) पर्व धुमधाम संग मनाईंदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २०, २०७८
In समाज
0

जनकपुरधाम, २० कार्तिक । जनकपुरधाम लगायत अन्य हिन्दु बसोबास क्षेत्रमा आज भाइटीका पर्वको(भैयादूज) अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर दाजुभाईको दीर्घायुको कामना गरेका छन् । हिंदू पंचांग अनुसार हरेक वर्ष यमपञ्चक समेत भनिने भाई टीका (भैयादूज) तिहारको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ ।

भाई टिकाको पर्व लाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।यो पर्व दिदीले भाइ लाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।धार्मिक कथा अनुसार भगवान सुर्य नारायण कि पत्नी को नाम छाया थियो उनको कोख बाट यम तथा यमुना को जन्म भएको थियो। यमुना यमराज संग अत्यन्त स्नेह गर्थिन।

बहिनि यमुनाले भाई यमराज संग पटक पटक आग्रह गर्ने-गर्थी कि आफ्ना इष्ट मित्र संग मेरो घर आई भोजन गर्ने गर। आफ्ना कार्यमा व्यस्त यमराज यस कुरा लाइ टाल्ने गर्थे। कार्तिक शुक्ल दिन बहिनि यमुनाले फेरी भाई यमराज लाई भोजनको निमन्त्रणा दी आफ्नो घर आउन भनि वचनबद्ध गराई। यमराजले सोचे कि म, त प्राण हरण गर्ने व्यक्तित्व हुँ। मलाई कसैले पनि आफ्नो घर बोलाउन चाहदैन, बहिनि यमुना ले जुन सद्भाव संग मलाई बोलाई राखेछन , त्यसलाई पालन गर्नु मेरो धर्म हो भनि उनि यमुनाको घर तिर निस्किदा नरकमा रहेका तमाम जीवलाई मुक्त गरि दिए।

भाइ लाई आफ्नो घरमा आएको देखेर बहिनि यमुना अत्यन्त प्रशन्न भई स्नान तथा पुजा गरि अनेक प्रकारको व्यंजन परोसी यमराजलाई खुवाईन । बहिनि यमुनाको अतिथ्य सत्कार देखेर यमराज अत्यन्त प्रशन्न भई उनलाई वरदान माँगन आग्रह गरे। यमुनाले भनिन कि हे भद्र, तपाइँ प्रति वर्ष यसै दिन मेरो घर आउनु होस्।

म जस्तै जुन पनि दिदि बहिनिले आफ्नो भाई लाई आदर सत्कार गरि टिका गरेको खण्डमा उसलाई तपाइँ को (मृत्यु) भय न रहोस। यमराज तथास्तु भनि बहिनि लाई अनेक वस्त्राभुषण दिएर यमलोक फर्के। यसै दिन देखि यस पर्व को परम्परा शुरु भयो। मान्यता रहेको छ, कि जसले बहिनि को अतिथ्य स्वीकार गर्छन त्यसलाई यम को कुनै भय रहदैन।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend