Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम मा भाईटीका (भैयादूज) पर्व धुमधाम संग मनाईंदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २०, २०७८
In समाज
0

जनकपुरधाम, २० कार्तिक । जनकपुरधाम लगायत अन्य हिन्दु बसोबास क्षेत्रमा आज भाइटीका पर्वको(भैयादूज) अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर दाजुभाईको दीर्घायुको कामना गरेका छन् । हिंदू पंचांग अनुसार हरेक वर्ष यमपञ्चक समेत भनिने भाई टीका (भैयादूज) तिहारको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ ।

भाई टिकाको पर्व लाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।यो पर्व दिदीले भाइ लाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।धार्मिक कथा अनुसार भगवान सुर्य नारायण कि पत्नी को नाम छाया थियो उनको कोख बाट यम तथा यमुना को जन्म भएको थियो। यमुना यमराज संग अत्यन्त स्नेह गर्थिन।

बहिनि यमुनाले भाई यमराज संग पटक पटक आग्रह गर्ने-गर्थी कि आफ्ना इष्ट मित्र संग मेरो घर आई भोजन गर्ने गर। आफ्ना कार्यमा व्यस्त यमराज यस कुरा लाइ टाल्ने गर्थे। कार्तिक शुक्ल दिन बहिनि यमुनाले फेरी भाई यमराज लाई भोजनको निमन्त्रणा दी आफ्नो घर आउन भनि वचनबद्ध गराई। यमराजले सोचे कि म, त प्राण हरण गर्ने व्यक्तित्व हुँ। मलाई कसैले पनि आफ्नो घर बोलाउन चाहदैन, बहिनि यमुना ले जुन सद्भाव संग मलाई बोलाई राखेछन , त्यसलाई पालन गर्नु मेरो धर्म हो भनि उनि यमुनाको घर तिर निस्किदा नरकमा रहेका तमाम जीवलाई मुक्त गरि दिए।

भाइ लाई आफ्नो घरमा आएको देखेर बहिनि यमुना अत्यन्त प्रशन्न भई स्नान तथा पुजा गरि अनेक प्रकारको व्यंजन परोसी यमराजलाई खुवाईन । बहिनि यमुनाको अतिथ्य सत्कार देखेर यमराज अत्यन्त प्रशन्न भई उनलाई वरदान माँगन आग्रह गरे। यमुनाले भनिन कि हे भद्र, तपाइँ प्रति वर्ष यसै दिन मेरो घर आउनु होस्।

म जस्तै जुन पनि दिदि बहिनिले आफ्नो भाई लाई आदर सत्कार गरि टिका गरेको खण्डमा उसलाई तपाइँ को (मृत्यु) भय न रहोस। यमराज तथास्तु भनि बहिनि लाई अनेक वस्त्राभुषण दिएर यमलोक फर्के। यसै दिन देखि यस पर्व को परम्परा शुरु भयो। मान्यता रहेको छ, कि जसले बहिनि को अतिथ्य स्वीकार गर्छन त्यसलाई यम को कुनै भय रहदैन।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२
समाज

बुद्धिजीवी संगठन द्वारा बाढी पहिरो पीडित लाई पाँच लाख बढी सहयोग

कार्तिक ७, २०८१
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

कार्तिक ४, २०८१
समाज

सप्तरी बाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

कार्तिक ३, २०८१
समाज

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

अशोज ३०, २०८१
समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

अशोज २९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend