Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउँछु : नवनियुक्त अध्यक्ष साह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १६, २०७९
In समाज
0

१६ असार,जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष शीतल साहले जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परिषद् अध्यक्षको रूपमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त अध्यक्ष साहले सबै पक्षसँग सहकार्य गरेर जनकपुरधामलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउने बताउनुभयो ।

“जनकपुरधाम आफैँमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगर हो”, अध्यक्ष साहले भन्नुभयो, “यहाँका धार्मिक र सांस्कृतिस्थलको संरक्षण संवद्र्धन गर्दै जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नु मेरो मुख्य लक्ष्य हो ।” यसैबीच नवनियुक्त अध्यक्ष साहले पदभार ग्रहण गरेलगत्तै वर्षौं देखि जीर्ण रहेको जनकपुरधाम स्थित रामायण भवनलाई जीर्णाेद्वार गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

धार्मिक र ऐतिहासिक भवन भए पनि उपेक्षाका कारण हालसम्म मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेकाले यसलाई मर्मतसम्भार गरी जीर्णोद्वार गर्ने आफूले पहिलो निर्णय लिएको अध्यक्ष साहले बताउनुभयो । साहलाई नेपाल सरकारले बुधबार परिषद्को अध्यक्षमा नियुक्त गरेको थियो । गत विसं २०४९ मा स्थापना भएको सो परिषद्ले धनुषा र महोत्तरीको धार्मिक र पर्यटकीय स्थलको संरक्षण, सम्बर्धन तथा सौन्दर्यकरणको कार्य गर्दै आएको छ ।

यसका साथै मिथिला क्षेत्रमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रममालाई व्यवस्थित बनाउने र साथै पर्यटन प्रवर्धन सम्बन्धी कार्यसमेत सो परिषद्ले गर्दै आएको जनाएको छ । परिषद्मा धनुषा र महोत्तरी जिल्लाका सांसद, नगरप्रमुख र प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख गरी ३२ सदस्य रहने व्यवस्था छ । (रासस) फोटो : रेडियो जनकपुर

  • 41shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

नेपाली नागरिकलाई इजरायल पठाएको विरुद्धमा शान्ति समाज धर्नामा

असार ४, २०८२
समाज

हिमानी र हृदयेन्द्र द्वारा जुम्लामा पानी पोखरीको उद्घाटन

जेष्ठ २७, २०८२
समाज

कोटिहोम महायज्ञ जेठ ३१ गते सम्म, शनिबार २१ करोड दीप प्रज्वलनको तयारी

जेष्ठ २३, २०८२
समाज

कोटिहोमले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ : डा. तोसिमा कार्की

जेष्ठ २०, २०८२
समाज

गण्डकी कोटिहोममा पुन: कथा वाचन गर्न आउँदै देवी प्रतिभा

जेष्ठ ५, २०८२
समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend