Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेप्से परिसूचक दाहोरो अंकले ओरालो, एक अर्ब ८० करोडको कारोबार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २३, २०७९
In अर्थ
0

२३ असार,काठमाडौँ :धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६०अंकले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.४२ अङ्कले ओरालो लागेर ३८५.४९ मा ओर्लेको छ ।

कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूह मध्ये बिहीबार सामूहिक लगानी कोषको कारोबारमात्रै उकालो यात्रामा छ भने बाँकी रहेका १२ उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ ।

बैंकिङ ८.५७, व्यापार २३.४७, होटल तथा पर्यटन ३१.२४, विकास बैंक ४६.२१, जलविद्युत् १५.९३, वित्त ७.७९, निर्जीवन बीमा ३३.६७, उत्पादन ४३.२, अन्य २२, लघुवित्त ३७.३६, जीवन बीमा ११५.१७ र लगानी ०.५३ अंकले ओरालो लागेको छ । त्यस्तै सामूहिक लगानी कोषको शेयर मूल्यमा ०.०९ अङ्कले उकालो लाग्यो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९१ अर्ब ४७ करोड ६९ लाख ५५ हजार ३५ बराबर रहेको छ । कारोबारका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्षस्थानमा छ ।

सो कम्पनीको रु. सात करोड ६५ लाख ८९ हजार ९८२ बराबरको कारोबार भएको छ । त्यस्तै अरुण काबेली पावर रु छ करोड ३० लाख छ हजार ३३४, शिवम् सिमेन्ट रु छ करोड २५ लाख ३२ हजार ९१८, हिमालयन डिस्टिलरी रु पाँच करोड ९० लाख आठ हजार २६४ र माथिल्लो तामाकोसी रु पाँच करोड ८२ लाख ३९ हजार ६३२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आरबिबी म्युचुअल फण्ड एक ३.९३, माउण्टेन हाइड्रो नेपाल ३.२४, सिटिजन म्युचुअल फण्ड दोस्रो ३.०३, नारायणी डेभलपमेन्ट बैंक २.६७ र बैंक अफ काठमाण्डूको ऋणपत्रका लगानीकर्ताले २.५९ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त ५.२०, लिवर्टी इनर्जी ५ प्रतिशत, नयाँ सारथी लघुवित्त ३.९७, गुराँस लघुवित्त ३.८४ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

अशोज १२, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

साउन २३, २०८२
अर्थ

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

साउन ७, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend