Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेस प्रदेशमा एक हजार पाँच सय ९८ उम्मेदवारमा स्वतन्त्र बढी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ४, २०७९
In राजनीति
0

४ कात्तिक, जनकपुरधाम : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा राजनीतिक पार्टी भन्दा स्वतन्त्र उम्मेदवार बढी छन् । मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि एक हजार पाँच सय ९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिदा करिब ५२ प्रतिशत अर्थात् आठ सय ४९ उम्मेदवार स्वतन्त्र नै छन् । आठवटै जिल्लामा चार/चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेशसभातर्फ आठ÷आठ वटा निर्वाचन क्षेत्र गरी ६४ वटा निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधि सभातर्फको ३२ सिटका लागि प्रदेशमा विभिन्न दलका दुई सय ९३ र दुई सय ९७ स्वतन्त्र गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभातर्फको ६४ सिटका लागि एक हजार आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये विभिन्न दलबाट चार सय ५६ र स्वतन्त्र पाँच सय ५२ उम्मेदवार छन् । प्रतिनिधिसभा तर्फ सबैभन्दा बढी धनुषामा ६६ स्वतन्त्र उम्मेदवार छन् भने प्रदेश सभा तर्फ भन्दा बढी महोत्तरीमा एक सय दुईले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम प्रतिनिधि सभा तर्फ पर्सामा २३ र प्रदेशसभातर्फ सप्तरीमा ३७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

धनुषामा प्रतिनिधिसभाका लागि विभिन्न दलबाट ३७ र ६६ स्वतन्त्र गरी एक सय तीन जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । धनुषामा विभिन्न दलबाट १० पूर्वमन्त्री प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका छन् । सिरहामा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलबाट ३७ र स्वतन्त्र ४८ गरी ८५ उम्मेदवार चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत नेता उम्मेदवार रहेका कारण बढी चर्चामा रहेको सप्तरीमा प्रतिनिधिसभा सदस्यका विभिन्न दलबाट ४३ र स्वतन्त्र २६ गरी ६९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

महोत्तरीमा प्रतिनिधि सभा तर्फ विभिन्न दलका ३४ र स्वतन्त्र ३३ गरी ६७ उम्मेदवार छन् । प्रतिनिधि सभा तर्फ नै सर्लाहीमा दलका ३४ र स्वतन्त्र ३५ गरी ६९ उम्मेदवार चुनावी प्रचार अभियानमा छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल समेत उम्मेदवार रहनुभएको रौतहट जिल्लामा प्रतिनिधिसभाका लागि विभिन्न दलका ३१ र स्वतन्त्र ३६ गरी ६७ उम्मेदवार प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी दुई वटा उपमहानगरपालिका रहेको बारा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलका ४७ र ३० स्वतन्त्र गरी ७७ चुनावी प्रतिस्पर्धामा उत्रिदा छिमेकी जिल्ला पर्सामा प्रतिनिधिसभाका लागि विभिन्न दलका ३० र २३ स्वतन्त्र गरी ५३ उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । प्रदेशसभा सदस्यका लागि पनि मधेस प्रदेशमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । प्रदेशको राजधानी समेत रहेको धनुषामा प्रदेश सभाका लागि विभिन्न दलबाट ६१ र स्वतन्त्र ७७ गरी एक सय ३८ उम्मेदवार चुनावी मैदानमा उत्रिएकोे मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो ।

सिरहामा प्रतिनिधि सभामा जस्तै प्रदेश सभाका लागि पनि दलको भन्दा दोब्बर संख्यामा स्वतन्त्रको उम्मेदवारी परेको छ । सिरहामा प्रदेश सभाका लागि विभिन्न दलबाट ४८ र ७१ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सप्तरीमा प्रदेशसभा सदस्यका लागि विभिन्न दलबाट ७० र स्वतन्त्र ३७ गरी एक सय सात उम्मेदवार चुनावी प्रतिस्पर्धामा देखिएका छन् । महोत्तरीमा प्रदेशसभा सदस्यका लागि दलबाट ६० र स्वतन्त्रबाट एक सय दुई गरी एक सय ६२ उम्मेदवार छन् भने सर्लाहीमा प्रदेशसभाका लागि दलबाट ५९ र ७४ स्वतन्त्र गरी एक सय ३३ उम्मेदवार चुनावी महाभियानमा होमिएका छन् ।

रौतहटमा प्रदेशसभा सदस्यका लागि दलबाट ४९ र ८६ स्वतन्त्र गरी एक सय ३५, बारामा दलबाट ६२ र स्वतन्त्र ४४ गरी एक सय छ तथा पर्सामा विभिन्न दलका ४७ र ६१ स्वतन्त्र गरी एक सय आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गर्नु र राजनीति दल गठबन्धन गरी निर्वाचनमा जाँदा आकाङ्क्षीले पार्टीबाट उम्मेदवार बन्न नपाएकाले राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको विश्लेषक तथा अधिवक्ता देवनारायण यादवको भनाइ थियो ।

“पहिला पहिलाको निर्वाचनमा अहिलेको जस्तो राजनीतिक गठबन्धन हुने गरेको थिएन्”, उहाँले भन्नुभयो, “त्यसैले धेरै राजनीति दलहरु छुट्टाछुटै चुनावी प्रतिस्पर्धामा जान्थे, धेरै राजनीतिक दलबाटै उम्मेदवार हुन्थ्यो, तर अहिले गठबन्धनका कारण थेरैले दलबाट उम्मेदवार बन्न पायो, त्यसैको परिणाम अहिले स्वतन्त्र उम्मेदवार धेरै देखिएको हो। ” यसैगरी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेकाले पनि स्वतन्त्र उम्मेदवारी दने क्रम बढेको छ अधिवक्ता यादवले भन्नुभयो ।

स्वतन्त्र उम्मेदवारी दिएकाले भने राजनीतिक पार्टीले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरुले स्वतन्त्ररुपमा उम्मेदवारी दिएको जिकिर गरेका छन् । सिरहा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार देवकुमार यादवले राजनितिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार ३१७ पुरुष र ६६ अन्य गरी २९ लाख १० हजार २३ मतदाता छन् ।

आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भए अनुसार मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता रहेको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । तीमध्ये सबैभन्दा बढी बारामा एक लाख ९१ हजार चार सय ९० महिला, दुई लाख ३१ हजार आठ सय २६ पुरुष र ११ अन्य गरी चार लाख २३ हजार तीन सय २७ मतदाता छन् भने सबैभन्दा कम महोत्तरीमा एक लाख ५४ हजार सात सय ८७ महिला, एक लाख ८१ हजार तीन सय सात पुरुष र एक अन्य गरी तीन लाख ३६ हजार ९५ मतदाता छन् ।

यसैगरी सप्तरीमा दुई लाख एक हजार ७१ महिला, दुई लाख १७ हजार दुई सय ८२ पुरुष र २१ अन्य गरी चार लाख १८ हजार तीन सय ७४, सर्लाहीमा एक लाख ८७ हजार आठ सय ३७ महिला, दुई लाख २५ हजार तीन सय २९ पुरुष र आठ अन्य गरी चार लाख १३ हजार एक सय ७४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । धनुषामा एक लाख ९३ हजार एक सय चार महिला, दुई लाख १६ हजार आठ सय ७५ पुरुष र छ अन्य गरी चार लाख नौ हजार नौ सय ८५, रौतहटमा एक लाख ८५ हजार ४६ महिला, २ लाख २२ हजार नौ सय ४५ पुरुष र एक अन्य गरी चार लाख सात हजार नौ सय ९२ मतदाता छन् ।

सिरहामा एक लाख ६९ हजार सात सय ७२ महिला, एक लाख ९४ हजार तीन सय ४३ पुरुष र दुई अन्य गरी कूल तीन लाख ६४ हजार एक सय १७ तथा पर्सामा एक लाख ५१ हजार आठ सय महिला, एक लाख ९४ हजार नौ सय चार पुरुष र १६ अन्य गरी तीन लाख ४५ हजार नौ सय २८ मतदाता छन् ।(रासस)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२
राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२
राजनीति

GEN-Z को माग जायज रहेको एमाले नेता महासेठको दाबी

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend