Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

फौजदारी कसुरमा प्रतिव्यक्ति भूमिका परिभाषित नगरी अभियोजन लगाउन नहुने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २९, २०८०
In राष्ट्रिय
0

२९ जेठ,काठमाडौँ : महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले फौजदारी कसुरमा प्रतिव्यक्ति भूमिका परिभाषित नगरी त्यसमा अभियोजन लगाउन नहुने बताउनु भएको छ । आज यहाँ आयोजित ‘लैङ्गिक हिंसाको अनुसन्धान र अभियोजनसम्बन्धी अनुसन्धानकर्ता, अभियोजक र न्यायाधीशबीच उच्चस्तरीय परामर्श’ कार्यक्रमको समापनमा उहाँले अनुसन्धानबाट प्रमाणित हुने व्यक्तिलाई मात्र अभियोजन लगाउन सुझाव दिनुभएको हो ।

उहाँले भन्नु भयो, “हामीले प्रतिव्यक्ति भूमिका परिभाषित नगरिकन जाहेरीवालाले छानी छानी राखेको आधारमा प्रहरीले त्यही जस्ताको तस्तै हामीलाई दिने र हामीले त्यही अदातलसम्म पुर्याउछौं । बनाउनु पर्ने व्यक्तिलाई नबनाएर नबनाउनुपर्ने लाई प्रतिवादी बनाइरहेका हुन्छौँ ।” महान्यायाधिवक्ता पोखरेलले न्यायाधीशले आलोचित हुनुपर्ने डरले अनुसन्धानविना अभियोजन गर्दा अन्याय हुने बताउनु भयो ।

“सबै जोडिएका मान्छेजति प्रतिवादी नबनाए न्यायधीशको के स्वार्थ होला भन्छन् भनेर आफ्नो थाप्लो जोगाउनका लागि आएका जति सबैलाई राख्छौँ । अर्कातर्फ पत्रपत्रिकामा आउँछ कि अथवा अरुले के भन्लान् भनेर पनि निर्णय गर्ने परिस्थिति छ”, उहाँले भन्नु भयो । उहाँले पहिलो न्यायकर्ता प्रहरी भएको भन्दै त्यस तर्फ सचेत हुन आग्रह गर्नुभयो, “प्रहरीपछि हामीले पनि त्यसलाई ‘करेक्सन’ गरेनाँ भने अदालतमा पुगेर मुद्दा फैसला हुँदासम्म अन्यायको पराकाष्ठा भइसकेको हुन सक्छ ।”

महान्यायाधिवक्ता पोखरेलले न्यायलाई केन्द्रमा राखेर सबैले नेतृत्व र जोखिम लिन सके मात्र न्याय सम्पादन हुन सक्ने बताउनु भयो । त्यसका लागि सबै निकायको एउटै दृष्टिकोण हुनुपर्ने बताउनु भयो । “सबै सन्र्दभमा न्यायलाई केन्द्रमा राख्ने हो भने नेतृत्वले जोखिम लिनै पर्छ । फरक विचार भयो भने एकले अर्कालाई निहित स्वार्थबाट निर्णय गर्यौं कि भन्ने शङ्का गर्दागर्दै न्याय मर्छ ।” उहाँले सबै निकायलाई प्रत्येक कर्मले न्याय भएको छ कि अन्याय बढेको छ, भन्ने आत्मसमीक्षा गर्न आग्रह गर्नुभयो ।

उहाँले कैदी बन्दीलाई ५० प्रतिशत कैद छुटको व्यवस्था गर्नुपर्ने समते जोड दिनु भयो । कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरले न्याय सम्पादनमा आमसञ्चार माध्यममा संवेदशनशील नहुँदा न्याय सम्पादन प्रभावित भएको बताउनु भयो । उहाँले भन्नुभयो, “कसुर र कसुरदारको बारेमा मिडियामा आउने वा सूचना प्रवाह हुने कुराले कतिपय कुरालाई जोखिममा धकेल्ने, अनुसन्धान, अभियोजन र न्याय सम्पादनमै प्रभावित हुन्छ कि भन्ने जोखिम रहेको छ ।”

बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले फौजदारी अभियोगमा न्याय प्रणालीको विषयमा चर्चा गर्दै आमसञ्चार माध्यम र दबाब समूहका कारण अनुसन्धानदेखि न्याय निरुपणमा प्रभाव पर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “एउटा जबरजस्ती करणीमा जाहेरी आएको छ । त्यसलाई हेर्ने प्रवृत्तिको कसरी विकास भयो भन्दा, उक्त पीडितले अदातलमा सनाखत गर्दाको आधारमा ठहर भइहाल्यो नि ! ।”

उहाँले न्याय निरुपणका लागि आमसञ्चार माध्यमको भूमिकामा छलफल गर्नुपर्ने बताउनु भयो । “न्याय सम्पादनमा प्रभाव परिहेको छ । बाह्य ठूलो भीडको नारा जुलुस र मिडिया ट्रायल अर्थात मिडियाले लेखेको आधारमा न्याय प्रभावित भइरहेको छ”, उहाँले भन्नुभयो । अनुसन्धानको प्रक्रियाबाट प्रमाण सङ्कलन गरेर अभियोजन गर्दा पीडितले न्याय पाउने र निर्दोषले सफाइ पाउने सम्भावना हुने भन्दै उहाँले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्र अभियोजन गर्नपर्नेमा जोड दिनु भयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले अनुसन्धान पद्धतिलाई प्रभावकारी बनाउनेतर्फ ध्यानाकर्षण गराउनु भयो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कार्यक्रमबाट अनुसन्धान र अभियोजनको प्रभावकारितामा गुणात्मक वृद्धि हुने बताउनु भयो ।

महान्यायाधिवक्ताको आयोजनामा लैङ्गिक हिंसाको सन्र्दभमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र न्यायधीशबीचको समन्वय र सहकार्यमा जोड दिन भएको छलफलमा चार वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा केन्द्रीय कारागार काठमाडौँका कैदी बन्दीलाई आफ्ना मुद्दाका बारेमा जानकारी उपलब्ध गराउन स्मार्ट टेलिभिजन प्रदान गरिएको थियो । (रासस)

  • 22shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend