Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मंगलाका किसान व्यावसायिक खेती तर्फ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २३, २०८०
In कृषि /पशुपन्छी
0

बेनी, २३ असार : म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका रन बहादुर खत्रीले चार सय बोट सुन्तला रोप्नु भएको छ । परम्परागत रुपमा धान खेती गर्दै आउनु भएका उहाँले करिब पाँच रोपनी खेतमा व्यावसायिकरुपमा सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्दै आईरहनु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर घर फर्किनु भएका खत्रीले घर फर्किएपछि २०७३ सालदेखि परम्परागत खेती छाडेर व्यावसायिकरुपमा नगदे बालीमा समर्पित हुनुभएको छ ।

गोपाल कृषि तथा पशुपक्षी फार्म सञ्चालन गर्नुभएका उहाँले सुन्तला र केरासँगै तरकारी, किबी र ड्रागनको समेत खेती गर्नुभएको छ । खत्रीले करिब १६ रोपनी जग्गामा व्यावसायिक खेती र बाख्रापालन गर्दै आउनुभएको छ । “बाह्र मुरी धान फल्ने खेत सबैमा सुन्तला रोपेको छु, यो वर्षदेखि सुन्तला फल्न थालेको छ, खेती गर्न पनि सजिलो तथा नगद आम्दानी पनि हुने भएकाले परम्परागत खेती छाडेर फलफूलतर्फ लागेको हुँ”, उहाँले भन्नुभयो ।

खत्रीले मौरीपालन समेत गर्न थाल्नु भएको छ । व्यावसायिक बाख्रापालन पनि गर्दै आउनुएका उहाँको फार्ममा करिब ३० बाख्रा छन् । वैदेशिक रोजगार त्यागेर कृषि उद्यम गरेपछि आफ्नो परिवारका तीन सदीस्य स्वरोजगार बनेको खत्रीको भनाइ छ । “फलफूलसँगै तरकारी खेती पनि गर्दै आएको छु, कृषि र पशुपालनबाट घरखर्च चलाउन सहज भएको छ, केरा र सुन्तलाबाट आम्दानी गर्ने बेला भएको छ, यसबाट वार्षिक रु १० लाख सम्म आम्दानी हुने अनुमान छ”, खत्रीले भन्नुभयो ।

कुहूँमा खत्रीले मात्रै होइन यहाँका अन्य किसानले पनि परम्परागत खेतीबाली छाडेर व्यावसायिक नगदेबाली लगाउन थालेका शन् । खाद्यबालीभन्दा फलफूल खेती सजिलो, रोगकीरा लागेमा प्राविधिक सहयोग लिन सहज भएको र आम्दानीका हिसाबले पनि लाभदायी भएकाले परम्परागत कृषिलाई रुपान्तरण गरेर फलफूल खेतीमा लागेको स्थानीय भद्र बहादुर जिसीले बताउनुभयो । उहाँले धान रोप्ने खेतमा एक सय ७० सुन्तलाका बोट लगाउनु भएको छ । सुन्तला खेती गरेको जमिनमा सिमी, भट्टलगायत खेतीसमेत हुने भएकाले फलफूल खेती लाभदायी बनेको जिसीको भनाइ छ ।

कुहूँको मजुवा, अनबाङ, रातमाटा, खानीगाउँलगायत क्षेत्रमा धान र कोदो रोप्ने खेतबारीमा सुन्तला रोप्ने लहर नै चलेको छ । यहाँ सबैभन्दा धेरै सुन्तला नगेन्द्र बहादुर जिसीले एक हजारभन्दा बढी बोट रोपण गर्नुभएको छ । धान र कोदो खेती गर्न लागत बढी लाग्ने र आम्दानी नहुने भएकाले व्यावसायिक रुपमा सुन्तला खेती थालेको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा लालबहादुर केसी, वीरबहादुर खत्री, देवेन्द्र केसी, विष्णु जिसी, मोहन हमाल, याम बहादुर पुन, गङ्गा बहादुर खत्री, धर्मदक्त रेग्मी, रेशम शर्मा, दीर्घ बहादुर खत्री, उदबहादुर खत्री लगायतले खेतसँगै पाखोबारीमा व्यावसायिक सुन्तला खेती गर्नुभएको छ ।

सात वर्षदेखि कुहूँमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । सुरुआतमा सुन्तला लगाएका कृषकको बगैँचाबाट धमाधम बिक्री हुन थालेपछि अन्य कृषक पनि यसतर्फ आकर्षित भएका छन् । परम्परागत खेती छाडेर व्यावसायिक फलफूल खेतीमा लागेका कृषकलाई अनुदानमा बोटबिरुवा र उपकरणमा सहयोग गरिएको वडाअध्यक्ष एकजित रोकाले बताउनुभयो । सिँचाइ सुविधाले खेती गर्न कृषकलाई सहज भएको छ । नगदे बालीबाट कृषकको जीवनस्तरमा सुधार आउन थालेको छ । (रासस)

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

चैत्र ७, २०८२
कृषि /पशुपन्छी

किसानलाई बाँदरको आतंक, समात्नेलाई प्रति बाँदर एक हजार नगद

माघ १७, २०८२
कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

अशोज १६, २०८२
कृषि /पशुपन्छी

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

भदौ १६, २०८२
कृषि /पशुपन्छी

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

साउन २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend