Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सुशासनको प्रतिवद्धतालाई पूर्णता दिन सेवा प्रवाहलाई छिटो छरितो बनाउन आवश्यक : मन्त्री भण्डारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १, २०८०
In राष्ट्रिय
0

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सेवा प्रवाह छिटो छरितो बनाउँन सूचना प्रणालीलाई अगाडि बढाएको बताएका छन् ।शुक्रबार अनलाइन सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री भण्डारीले वर्तमान सरकारले अघि सारेको सुशासनको प्रतिवद्धतालाई पूर्णता प्रदान गर्न सेवा प्रवाह पनि छिटो छरितो बनाउन आवश्यक रहेको बताए । यस्का लागि सूचना प्रणालीलाई अगाडि बढाएको उनको भनाइ थियो ।

उनले भने ‘ नेपालमा अहिले देखिएको समस्या समाधान गर्न प्रत्येक पालिकाको रोजगार सेवा केन्द्रलाई नै प्रमुख रोजगारको क्षेत्र बनाउँने हिसाबले विकसित गर्दै गएका छौं, राष्ट्रिय र अन्तर्राष्ट्रिय रोजगारका सम्भावनाहरुदेखि लिएर सिप र अन्य सबै विषय पुर्याउने खालको योजना लिएर अगाडि बढ्न आवश्यक छ । यही कारण पनि प्रविधिको प्रयोग गरेर जनतालाई सेवा दिने हिसाबमा हामी लागेका छौ । ’

श्रमिकहरुको लागि काम गर्ने मन्त्रालय भएको हुनाले यो क्षेत्र पछाडि पर्न हुदैँन् भनेर यो क्षेत्रलाई बलियो बनाउँन विभिन्न किसिमको क्रियाकलापहरु गर्दै आएको पनि मन्त्री भण्डारीको भनाइ थियो ।उनले भने ‘ रोजगारी पाएका नपाएका विभिन्न हिंसामा परेका, भेदभावमा परेका कुराहरु छ भने त्यो विभागमा आउँने वित्तिकै त्यसको समाधान हुन्छ । क्लब, रेष्टुरेन्ट, दोहोरी जस्ता स्थानमा शोषणको जानकारी दिने हो भने समाधान हुन्छ । हामीले बाध्यतावश पनि वैदेशिक रोजगारीमा केही वर्ष भर पर्नुपर्ने अवस्था छ यस्तो अवस्था यथार्थमा बस्नु पर्छ । ठूलो ठूलो कुरा गरेर मात्रै यो समस्या समाधान हुने वाला छैन् । ’

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन र नेपाली नागरिकहरु ठगी नपर्ने उपाय अपनाउन आवश्यक भएको चर्चा पनि गरे ।उनले भने ‘ सरकार राष्ट्रिय आप्रवासन नीति बनाउँने तर्फ अगाडि बढेको छ । र यो नीतिले नै सबै विषयलाई समेटेर भोलिको नेपाल कसरी बनाउँने भन्ने हिसाबमा लाग्नु पर्छ । विभागले आफूले कारवाही गर्ने अधिकार त्यो ७७ वटै जिल्लाको सिडियोलाई दिन गईरहेका छौ । अहिलेको अवस्थामा एकले अर्कोलाई आरोप लगाएर केही हुदैँन्, यो मुलुक बनाउँनको लागि निश्चित रुपमा केही रणनीतिका कुराहरुको साथै बजारलाई सहि तरिकाले प्रयोग गरेर आफ्नो मुलुकको हितमा काम गर्न सक्छौ । ’

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend