काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर रेल्वे बन्द हुने अवस्थामा पुग्दा समेत सरकारको ध्यान नगएको प्रति आपत्ति जनाएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठमा शून्य समयमा सांसद झाले ईन्धन उपलब्ध गराउन नसकेर बन्द हुने अवस्थाका पुगेको बताए ।
उनले भने ‘ जनकपुर रेल्वे ऐतिहासिक र त्यहाँका स्थानीयको दैनिकी र प्रत्यक्ष जीवनसंग जोडिएको साधन हो । त्यो बन्द हुन नपरोस बन्द नहोस ।त्यो एकदमै निन्दनीय लाजलाग्दो कुरा हुनेछ । ’सांसद झाले सरकारले यो विषयलाई गम्भीर भएर हेर्न र यस्तो लाजमर्दो कार्य नहोस भनेर आफुले सरकारको ध्यानाकर्षण गराएको बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्