काठमाडौं : नेपाल आयल निगम, पेट्रोलियम पदार्थमा मुल्य बढाउने निर्णयबाट पछि हटेको छ ।प्रधानमन्त्रीको निर्देशन पछि निगमले बढाएको मूल्य भरे मध्यराति १२ बजेदेखि लागु हुने गरी फिर्ता लिएको हो ।
गएराति १२ बजे देखि पेट्रोलियम पदार्थको मुल्य बढाएको निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन बमोजिम मूल्यवृद्धि फिर्ता लिएको हो । निगमले प्रधानमन्त्रीको निर्देशनपछि आइतबार राति १२ बजे देखि लागु हुने गरी लागु गरेको मूल्य वृद्धिको निर्णय फिर्ता निगमले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
‘स्वचालित मूल्य प्रणाली यथावत हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि गर्ने निणर्य आजै राती १२ :०० बजेबाट लागु हुनेगरी फिर्ता गरिएको छ’, जारी विज्ञप्तीमा भनिएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्