Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधान सेनापति द्वारा ‘क्याम्ब्रियन पेट्रोल–२०२३’ का सहभागीहरुलाई पदक तथा प्रमाण–पत्र वितरण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २३, २०८०
In राष्ट्रिय
0

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले, बेलायतमा भएको प्रतिस्पर्धात्मक एक्सरसाइज ‘क्याम्ब्रियन पेट्रोल’मा सहभागीलाई प्रमाणपत्र वितरण गरेका छन् ।बेलायतको वेल्स, ब्रेकनस्थित सनेब्रिज ट्रनिङ एरियामा संचालन भएको सञ्चालन भईरहेको तालिममा सहभागि नेपाली सेना लगायत क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्स र बेलायती सेनाका टोलीहरूलाई प्रधान सेनापतिले पदक तथा प्रमाण–पत्र वितरण गरेका हुन् ।

यहि असोज १९ गते आरम्भ भएको प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीले रजत पदक प्राप्त गरेको छ ।सो अभ्यासमा विशेष गरी पैदल फौजको पेसागत ज्ञान, सीप, रण कौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिन्छ ।

अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयावधि भित्र हतियार तथा ३२ के.जी. तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामाग्री सहित करिब ६५ किलोमिटरको दुरी पुरा गर्नु पर्दछ । अभ्यासमा ७५ प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्ने टिमलाई स्वर्ण पदक, ६५ देखि ७४.९ प्रतिशत अङ्क प्राप्त गर्ने टिमलाई रजत पदक र ५५ देखि ६४.९ प्रतिशत अङ्क प्राप्त गर्ने टिमलाई कांस्य पदक प्रदान गरिन्छ ।

सन् १९६० बाट वार्षिक रूपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन २०१४ बाट भाग लिँदै आएको छ ।यस वर्षको अभ्यासमा विभिन्न ३१ राष्ट्रका ३८ वटा अन्तर्राष्ट्रिय टिमका साथै कुल १११ वटा टिम सहभागी छन् ।

हालसम्म नेपाली सेनाको टोलीले उक्त प्रतिस्पर्धात्मक अभ्यासमा २ स्वर्ण, ३ रजत र २ कांस्य गरी कुल ७ पदक प्राप्त गरिसकेको नेपाली सेनाले जनाएको छ । 

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend