काठमाडौँ : नेपाल सरकारले इजरायलमा मारिएका नेपालीको शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेको छ ।बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेकी हुन् ।
‘शव तत्काल ल्याउन सकिदैन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नु भएको छैन । हामीले पहल गरि रहेका छौं । तर, तत्काल ल्याउन सकिँदैन’ उनले भनिन् ।पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने जानकारी दिँदै उनले भनिन्, शव भने इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर हस्तान्तरण गरे पछि मात्रै आउने बताइन् ।
‘तत्कालै ल्याउन सकिँदैन । मृतकका आफन्तहरूको शव ल्याउन ढिलाई हुँदा पीडा हुनु स्वभाविक हो । तर, इजरायलमा युद्धकै अवस्थामा रहेकाले तत्काल शव ल्याउन सकिँदैन । सबैले त्यही अनुसार बुझिदिनुपर्यो ’ उनले भनिन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्