Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कान्तिपुर मिडिया ग्रुपलाई महासंघको चुनौती– ‘आरोप पुष्टि गरेर देखाऊ’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २२, २०८०
In विविध
0

काठमाडौं : नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपले निकालेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघ विरुद्ध लगाइएको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएको छ । कान्तिपुर पब्लिकेसनले प्रेस स्वतन्त्रताको चरम दूरुपयोग गरेको ठहर महासंघको छ ।महासंघको बैठकले मिडिया ग्रुपले गरेको पत्रकारको गैरकानुनी निष्काषन र व्यवहारविरुद्ध थप आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

‘नेपाल पत्रकार महासंघलाई गम्भीर लाञ्छना लगाएर कान्तिपुर मिडिया गु्रपले निकालेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा लगाइएका विभिन्न आरोप पुष्टि गर्न कान्तिपुर मिडिया ग्रुपलाई महासंघ चुनौती दिन्छ । गैरकानूनी तवरबाट निष्कासित पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन छाडेर महासंघलाई विभिन्न आरोप लगाउनुले महासंघले यसअघि कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि उठाएको प्रश्नलाई पुष्टि गरेको छ । महासंघको विश्वसनीयतामा प्रश्न गर्ने कान्तिपुरले कानुनको पालना गर भन्ने कुरालाई विभिन्न आरोप लगाएर प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको महासंघको ठहर छ ।’

महासंघले निष्कासित पत्रकारलाई श्रम ऐन अन्तर्गत सेवा सुविधा उपलब्ध नगराए पत्रकारको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संघ र निकायमा उक्त विषयलाई लैजाने चेतावनी दिएको छ ।बैठकपछि महासचिव रोसन पुरीले भने, ‘अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजे लगायत श्रम आन्दोलनको पक्षमा रहेका अन्तर्राष्ट्रिय संघ संस्थालाई कान्तिपुर मिडिया ग्रुपले गरेको गैरकानूनी कार्यको जानकारी गराउने तथा राष्ट्रिय मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलजी, संयुक्त राष्ट्रसंघ लगायतसँग पनि श्रम अधिकारका विषयमा छलफल गर्ने निर्णय गरेका छौं ।’

महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा आज बसेको महासंघको केन्द्रीय समिति बैठकले जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको भूकम्प पीडितलाई सहयोग गर्नेदेखि कान्तिपुर मिडिया गु्रप र पत्रकारबीचको लामो समयबाट नसुल्झिएको समस्याबारे सात बुँदे निर्णय गरेको हो ।कान्तिपुरले स्वयंलाई क्षति हुने र विश्वसनियता घट्ने काम गर्न नहुने भन्दै अध्यक्ष विपुल पोखरेलले श्रम ऐनको व्यवहारिक कार्यान्वयन गर्न आग्रह गरे ।

साथै महासंघले तत्काल कान्तिपुरका पीडित पत्रकारको समस्या कानून सम्मत समाधान गर्न ध्यानाकर्षण गराएको छ । साथै महासंघले कोभिड महामारीको समयमा सरकारले दिएको मिडिया सहुलियत कर्जा मिडियामै लगानी गरेको वा अन्य क्षेत्रमा गरेको भन्ने स्पष्ट पार्न कान्तिपुर व्यवस्थापकलाई ध्यानाकर्षण गराएको छ ।

बैठकको निर्णय सुनाउँदै रोसन पुरीले भने, ‘कोरोना महामारीपछि उत्पन्न आर्थिक मन्दीका कारण मिडिया उद्योग र पत्रकारमा परेको असर न्यूनीकरण गर्न महासंघकै अगुवाइमा सरकारले ल्याएको मिडियामा सहुलियत कर्जा कान्तिपुर मिडिया ग्रुपले सबैभन्दा धेरै लिएको कुरा व्यवस्थापनलाई जानकारी नै होला । उक्त कर्जा मिडियामै लगानी भएको छ वा अन्य व्यवसायमा भन्ने कुराको जानकारी दिन महासंघ व्यवस्थापनको ध्यानाकर्षण गराउँदछ । वर्षौंसम्म पसिना बगाएका पत्रकारलाई संस्थाबाट विदा हुने बेलामा कानूनले दिएको सुविधा देऊ भन्दा विभिन्न आरोप र अपमान गर्ने कार्य अत्यन्त निन्दनीय छ ।’

यस्तै, कान्तिपुर मिडिया ग्रुपका सञ्चार माध्यमहरूले महासंघ विरुद्ध प्रकाशित तथा प्रसारित गरेको समाचारविरुद्ध महासंघ प्रेस काउन्सिल जाने निर्णय भएको छ ।

  • 45shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend